महेन्द्रनगर २७ जेठ ।
कर्म थलो जहाँ भएपनि जन्म भुमीलाई कसैले पनि बिर्सिन सक्दैन् । जन्म भुमीमा संकट आई पर्दा भौतिक रुपमा जहाँ भएपनि मन भने स्वदेशमै हुन्छ, जन्मभुमी कै माया लाग्छ । त्यसैको उदाहरण बनेका छन् हाल अमेरिकामा रहेको कञ्चनपुरवासि ।
![](https://deshpati.com/wp-content/uploads/2021/06/198973207_506372113908906_8188932755193073332_n-1024x768.jpg)
कोरोना भाईरसको संक्रमणले जनजीवन अस्तव्यत भईरहदाँ वैदेशिक रोजगारीका लागि प्रवासिएका कञ्चनपुरवासीले महाकाली अस्पतालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । अमेरिकामा कार्यरत कञ्चनपुरवासीले रकम संकलन गरि स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।
![](https://deshpati.com/wp-content/uploads/2021/06/194246935_488667762467167_2737443737361208997_n-1024x768.jpg)
भीनपा-१० जिमुवा बस्ने हाल हाल अमेरिका रहेका मोहन सिंह विष्ट र हरि सिंह विष्टको पहलमा रकम संकलन गरिएको हो । स्वास्थ्य सामाग्री सहयोग गर्ने उद्देश्यका साथ रकम संकलन अभियान ४८ जनाले स्वईच्छुक रुपमा रकम दिएका हुन् ।
कुल ८ लाख ७६ हजार रुपयाँ संकलन भएकोमा महाकाली प्रादेशिक अस्पताललाई ६ लाख ८ हजार, जिमुवा स्वास्थ्य चौकीलाई २ लाख ३० हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
![](https://deshpati.com/wp-content/uploads/2021/06/194279039_329649518555402_1859953796890629985_n-1024x768.jpg)
त्यस्तै वेदकोट र भीमदत्तमा रहेको वृद्ध सेवा केन्द्रलाई ३८ हजार मुल्य बराबरको खाद्यान्न तथा फलफुल विरतण गरिएको छ ।
![](https://deshpati.com/wp-content/uploads/2021/06/198132031_1100918367054556_8600674250118385049_n-1024x683.jpg)
काठमाडौँबाट हरिश बडुले खरिद गरि पठाएको स्वास्थ्य सामाग्री भीमदत्र नगरपालिका–१८ का स्थानीय युवा किशोर प्रशाद जोशीले बिहिबार महाकाली अस्पताललाई हस्तान्तरण गरे । साथै अक्सीजन कन्र्सनटेटर खरिदका लागि डाक्टर बिरेन्द्र बुढालले सहजिकरण गरिदिएका हुन् । हस्तान्तण कार्यक्रममा अमेरिकामा रहेका कञ्चनपुरवासीका आफन्तको पनि सहभागीता रहेको थियो । स्थानीय युवा जोशीले अमेरीकामा रहेका कञ्चनपुरवासीको सहयोगमा पठाईएको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
![](https://deshpati.com/wp-content/uploads/2021/06/197881049_502652854410615_4906396649839887631_n-2-1024x683.jpg)
हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा सर्जिकल मास्क, पिपिई सेट, नेबुलाईजर मास्क, अक्सीजन कन्र्सनटेटर, गाउन सेनिटाईजर लगायतको सामाग्री रहेका छन् । महाकाली अस्पतालका प्रमुख डाक्टर हरिकृष्ण श्रेष्ठले स्वदेशलाई माया गरेर पठाएको स्वास्थ्य सामाग्रीले संक्रमितको उपचारमा सहज हुने बताए । साथै उनले सहयोगी दातालाई अस्पतालकोतर्फबाट धन्यवाद समेत दिए ।
![](https://deshpati.com/wp-content/uploads/2021/06/199096192_1665044717012749_5755656158864734645_n-1-1024x683.jpg)
त्यस्तै अमेरिकास्थित कञ्चनपुरवासीको सहयोगमा जिमुवा स्वास्थ्य चौकीलाई पनि अक्सीजन कन्सर्नटेटर सहयोग गरिएको छ । भने बुधबार वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा रहेका वृद्ध सेवा केन्द्रलाई खाद्यान्न र फलफुल विरतण गरिएको थियो ।
हस्तान्तरण गरिएको सामाग्री र परिमाण
![](https://deshpati.com/wp-content/uploads/2021/06/195192492_501504084236642_7234722954018683592_n.jpg)
सहयोगी दाताको नाम
१. नारायण भट्ट
२. टोपराज जोशी
३. चुडामणी अवस्थी
४. उद्धवराज उप्रेती
५. जनकराज जोशी
६. दिर्घराज जोशी
७. सुरेश लुहार
८. खेमराज जोशी
९. प्रकाश साउद
१०. प्रकाश पाण्डे
११. दिपेश देउपा
१२. धवलसिंह ठगुन्ना
१३. शान्जिव जोशी
१४. जितेन्द्र ऐर
१६. धर्मराज जोशी
१७. भुवनेश्वर लेखक
१८. राहुल धामी
१९. तपेन्द्र जैयसी
२०. जया श्री विष्ट
२१. लक्ष्मी पन्त
२२. चन्द्रशेखर भट्ट
२३. किरण सिंह विष्ट (दुवई)
२४. तिलक जोशी
२५. देव पुजारा
२६. अनिका चन्द ठकुरी
२७. पवन जोशी
२८. सुरेन्द्र बहादुर चन्द
२९. नरेन्द्र देव पन्त
३०. गणेश सिंह विष्ट
३१. तरुण चन्द
३२. जैड दरबिष
३३. राजेश भट्ट
३४. हरिश हमाल
३५. जय भट्ट
३६. दान सिंह विष्ट
३७. किसन धामी
३८. नविन सिंह विष्ट(अष्टेलिया)
३९. भिम खत्री
४०. दिव्या जोशी
४१. हरि जोशी
४२. सुरज पोखरेल
४३. पदम बडु
४४. ई. चञ्चल विष्ट
४५. मोहन सिंह विष्ट
४६ योगश पाण्डे
४७. चञ्चल विष्ट
४८. गोविन्द अवस्थी