बाह्रदेव ज्यावन सेवा समाजद्धारा महाकाली अस्पताललाई स्वास्थ्य सामाग्रि सहयोग

महेन्द्रनगर: कोरोनाको दोस्रो लहरसंग लड्नकोलागि बाह्देव ज्यावन सेवा समाज कञ्चनपुरले महाकाली प्रादेशिक अस्पताललाई बिभिन्न स्वास्थ्य सामाग्रि प्रदान गरेको छ । शुक्रबार बाह्रदेव ज्यावन सेवा समाज कञ्चनपुरले अस्पताललाई ३ अटोमेटिक स्यानिटाईजर डिस्पेन्सर मेसिन, ३० लिटर स्यानिटाईजर उपलब्ध गराएको हो । बाह्देव ज्यावन सेवा समाज कञ्चनपुरका अध्यक्ष गोपाल धामीले अस्पताल व्यावस्थापन समितीका अध्यक्ष कृष्ण जोशी (बोक्सर)लाई उक्त स्वास्थ्य सुरक्षा सामाग्रि हस्तान्तरण गरेका हुन ।

ज्यावन सेवा समाज कञ्चनपुरमा आवद्ध सबै परिपवारले रकम संकलन गरेर स्वास्थ्य सुरक्षा समाग्रि खरिद गरिएको उक्त समाजका अध्यक्ष गोपाल धामीले जानकारी दिए । समाजको तर्फबाट ठूलो सहयोग गर्न नसके पनि सक्दो सहयोग गरेको उनको भनाइ छ।

उक्त स्वास्थ्य सामाग्रि बुझ्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी (बक्सर)ले ज्यावन सेवा समाज कञ्चनपुरलाई धन्यवाद दिएका छन। कोरोनाको दोस्रो लहरको सुरुवातदेखि नै अस्पताललाई सबैको साथ सहयोग पाइराखेको कुरा स्मरण गर्दै महामारीमा साथ सहयोग गर्ने दाताहरुलाई समेत धन्यवाद दिएका छन। अध्यक्ष जोशीले दाताहरुले गरेको सहयोगबाट झण्डै एक करोड संकलन भएको र उक्त रकमलाई सही सदुपयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

स्वास्थ्य सामाग्रि हस्तान्तरण कार्यक्रममा ज्यावन सेवा समाज कन्चनपुरका अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

ताजा समाचार