शान्ति पुनस्र्थापना गृहद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

महेन्द्रनगर । कञ्चनपुर स्थित शान्ति पुनस्र्थापना गृहले सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका क्षेत्र भित्र खटिएका नेपाल प्रहरी,ससस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको शान्ति पुनस्र्थापना गृहले जनाएको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई फेस माक्स,ह्यान्ड ग्लब्स,सेनिटाइजर,फेस शिल्ड,अक्सिमिटर,थर्मागन लगाएतका स्वास्थ्य समाग्री वितरण गरिएको शान्ति पुनस्थर्नपना गृहका कञ्चनपुर जिल्ला संयोजक संञ्जित सिंहले बताए ।

शान्ति पुनस्र्थापना गृहले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज