भीमदत्तका कर्मचारीलाई शहरी विकास योजना र सुशासनबारे तालिम

महेन्द्रनगर १५ असार ।
भीमदत्त नगरपालिकाका प्राविधिक तथा अन्य कर्मचारीलाई कार्य सम्पादनमा आधारित तालिम दिइएको छ । क्षेत्रीय शहरी विकास आयोजनाले नगरपालिकाको कार्य सम्पादनमा आधारित सामाजिक आर्थिक विकास कार्यक्रम अन्र्तगत कर्मचारीहरुलाई तालिम दिएको हो ।


नगरपालिकाका सव ओभर सियर, वडा सचिव र तीन जना वडाध्यक्ष लगायतलाई कार्य सम्पादन तथा क्षमता अभिवृद्धिका लागि चार दिने तालिम दिईएको ईन्जिनियर गोरख बहादुर सिंहले बताउनु भयो । उहाँका अनुसार कर्मचारीको क्षमता वृद्धि र प्राविधिक ज्ञानबारे जानकारी दिन तालिम आयोजना गरिएको हो ।

चार दिने तालिमको मंगलबार नगर प्रमुख सुरेन्द्र विष्टले समापन गर्नु भएको छ । तालिम समापन गदैँ नगर प्रमुख विष्टले कर्मचारी र प्राविधिकलाई कार्यसम्पादनमा सक्रिय रुपमा लाग्न निर्देशन दिनुभयो ।

त्यस्तै कार्य सम्पादन तथा सेवा प्रवाहका कर्मचारीको महत्वपुर्ण जिम्मेवारी रहेको उल्लेख गदैँ उहाँले सबैको सहकार्य र जिम्मेवारी बहनले नै नगर समृद्ध बन्ने स्पष्ट पार्नुभयो ।

ताजा समाचार