भीमदत्तको सहयोगले फेरियो सशस्त्र प्रहरीको चुहिने छानो

महेन्द्रनगर २१ असार ।

वर्षादको समयमा अलि ठुलो पानी पर्दा छानो चुहिन्थ्यो । सशस्त्र प्रहरीलाई व्यारेकमै ओभानो ओतको समस्या हुन्थ्यो । संघिय सरकार अन्र्तगत रहेको नेपाल सशस्त्र प्रहरीका अधिकांश विओपीहरुमा पुर्वाधारको अवस्था जिर्ण छ ।


स्थापना कालदेखि त्यस्तै अवस्थाको सामना गदैँ आएको थियो भीमदत्त नगरपालिका–११ स्थित रहेको गड्चौकी वोर्डर आउट पोष्ट(विओपी) । विओपीको भवनहरु पुराना हुदैँ गएपछि छानो चुहिने र जिर्ण अवस्थामा थियो । भीमदत्त नगरपालिकाले गत वर्ष सशस्त्र प्रहरीको गड्डाचौकी विओपीलाई जस्तापाता खरिदका गर्न ५ लाख रुपयाँ सहयोग ग¥यो ।


नगरपालिकाको सहयोग पाएपछि अहिले विओपीका जिर्ण बनेर चुहिने थालेका भवनहरुको छाना फेरिएको छ । कञ्चनपुर सशस्त्र प्रहरी बलका प्रमुख एसपी बिरेन्द्र ऐरले नगरपालिको सहयोग पाएपछि आफुहरु ठुलो राहत मिलेको बताए ।

सोमबार सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीसहितको टोलीले गड्डाचौकी विओपीको स्थलगत अनुगमनका क्रममा पुग्दा एसपी जोशीले भीमदत्त नगरपालिबाट महत्वपुर्ण सहयोग प्राप्त गरेको उल्लेख गरे ।


‘भीमदत्त नगरपालिकाबाट विओपीको पुर्वाधार सुधार र निर्माणका लागि आवश्यक सहयोग पाएका छौ ।’ उनले भने ‘जिल्लाका अन्य स्थानीय तहलाई पनि सहयोगका लागि आग्रह गरेको भएपनि सहयोग मिलेन् ।’ नगरपालिकाबाट अन्य बिओपीको व्यवस्थापनका लागि पनि सहयोग मिलेको उनको भनाई छ ।


नगरपालिकाले बह्मदेव विओपीको शौचालय निर्माण, श्रीलंका टोलस्थित विओपीका लागि जग्गा प्राप्तीमा सहजीकरण गरेको छ । भने कोरोना संक्रमणकालको अवस्थामा स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।


भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले विभिन्न संघ सस्थालाई आवश्यकता अनुसार सहयोग गरेको बताए । उनले जनताको सेवामा समर्पीत संघ संस्थाहरुलाई सेवा प्रवाहमा सहजता दिलाउन नगरपालिकाले सहयोग गरेको बताए । अग्र पंङत्तीमा रहेर जनताको सेवामा खटीने सुरक्षाकर्मीलाई नगरपालिकाले आवश्यक सक्दो सहयोग गरेको उनको भनाई छ ।


‘सुरक्षाकर्मीको परिचालन, व्यवस्थान संघिय सरकार अन्र्तगत भएपनि हामीले उहाँहरुको मनोबल बढाउन र सेवामा सहताका लागि सक्दो सहयोग गरेका हौँ ।’ नगर प्रमुख विष्टले भने ‘देशको समृद्धीका लागि सबै तहका सरकारबिच सहकार्य हुनु जरुरी छ, यसमा सबैले आ–आफ्नोतर्फबाट जिम्मेवार बन्नुपर्छ ।’


त्यस्तै भीमदत्त नगरपालिकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, वडा प्रहरी, ट्राफिक प्रहरी, जिल्ला कारागार कार्यालय लगायतका अन्य सामाजिक संघ सस्थाहरुलाई पनि आर्थिक सहयोग गरेको छ ।

ताजा समाचार