भीमदत्तमा पिजीआर परियोजना: सरसफाईलाई अभियानको रुपमा चलाईने

महेन्द्रनगर २४ असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा भीमदत्तमा हरित पुनः स्थापना प्रवर्धन परियोजना(पिजीआरपी) सुरु भएको छ । भीमदत्त नगरलाई सफा सुन्दर बनाउनका लागि परियोजना सुरु गरिएको छ । नगरपालिकाले निड्स नेपालसँगको साझेदारीमा परियोजना सुरु गरेको हो ।

बिहिबार नगरपालिकामा परियोजनाबारे अभिमुखिकरण कार्यक्रम समेत गरिएको छ । भीमदत्त नगरपालिकाका वातावरण अधिकृत गणेश ठगन्नाले नगरपालिकालाई सुन्दर सफा बनाउ परियोजना सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका वातावरण अधिकृत गणेश ठगन्नाले नगरपालिकालाई सुन्दर सफा बनाउ परियोजना सुरु गरिएको छ । नगरपालिकाले अगामी आर्थिक वर्षमा “मेरो नगर म आफै सफा गर्छु ” नीति पनि लिएको छ ।


परियोजनाको मुख्य उद्देश्य फोहरमैला व्यवस्थापनमा सुधारसँगै कम्तीमा ३०० जनालाई फोहरमैलासँग सम्बन्धित क्षेत्रमा रोजगार उपलब्ध रहेको वातावरण अधिकृत ठगुन्नाको भनाई छ ।

निड्स नेपालमार्फत नगरपालिकाका १९ वटै वडामा सञ्चालन हुने परियोजनामा युएनडिपी र भीमदत्त नगरपालिकाले आर्थिक साझेदारी गरेका छन् ।


अभिमुखिकरण कार्यक्रममा युएनडिपीका पिजीआरपी विज्ञ सन्तोश दास  श्रेष्ठले फोहोरमैला व्यवस्थापन तथा न्युनीकरणका लागि परियोजना काम गर्ने बताउनु भयो । उहाँका अनुसार परियोजनामार्फत दिर्घकालिन सरसफाई पद्धतीको विकास गरिने छ । साथै उहाँले फोहोर संकलन तथा व्यवस्थापन पक्रियालाई व्यवस्थीत बनाउनु पर्ने जोड दिनुभयो ।


भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले परियोजनालाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताउनु भयो । ‘यो परियोजना अन्य परियोजन भन्दा भिन्न छ, यसका लागि फरक तरिकाले सोच्नु पर्छ ।’ उहाँले भन्नुभयो ‘सिमित अवधीमा सक्ने र रिर्पोट बुझाउने भन्दा पनि यसलाई अभियानको सुरु अघि बढाउनुपर्छ, संस्थागत भन्दा पनि जनतालाई हाम्रो अभियान हो भनेर महशुस गराउन सक्नुपर्छ ।’


त्यस्तै उहाँले फोहोर संकलन पक्रिया, कर्मचारी र श्रोत साधनको अध्ययन गरि त्यसलाई व्यवस्थीत तरिकाले परिचालन गर्नुपर्नेमा जोड दिनु भयो । फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनसँगै त्यसबाट आयआर्जन समेत हुने गरि काम गर्न उहाँले निर्देशन दिनुभयो ।


त्यस्तै उप–प्रमुख सुशिला चन्द सिंहले परियोजनालाई अभियानको रुपमा सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाँले परियोजनाले सरसफाईका लागि मुल बिन्दुको परिचान गरि त्यसपछि योजनावद्ध तरिकाले अगाडी बढ्न सुझाव दिनुभयो ।


‘यो सामाजिक विकासँग जोडिएको वियष हो ।’ उहाँले भन्नु भयो ‘सरसफाई रहेक व्यक्तिसँग जोडिए छ, परियोजनामार्फत रहेक व्यक्तीमा गम्भीर रुपमा सरसफाईबारे प्रभाव पर्नुपर्छ ।’ परियोजना व्यवहारमै परिणाममुखि हुनुपर्छ उहाँको भनाई छ ।


निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले परियोजनालाई अभियानको रुपमा सञ्चालन गर्न संस्था प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले वडा तथा सामुदायस्तर मै सरसफाई उत्पेरक परिचालन गरि काम गरिने बताउनुभयो

ताजा समाचार