महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुर शाखाले अनाथालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
आइतबार विपि कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा महेन्द्रनगर स्थित समाजकल्याण अञ्चल बाल अनाथालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको नेपाल विद्यार्थी संघ कञ्चनपुरका सभापती रमेश चटौतले बताए ।
नेपाली कांग्रेस कञ्चनपुरका उपसभापति मीन बहादुर सिंह, नेपाली कांग्रेसका नेता प्रेम विष्ट लगाएत नेविसंघका नेता तथा विद्यार्थीहरुको उपस्तिथिमा बालबालिकाहरुलाई कापी कलम लगाएतका शैक्षिक सामाग्री सहयोग गरिएको उनले बताए ।
नेविसंघ कञ्चनपुरले विद्यार्थीहरुको हकहित तथा अधिकार संगै निरन्तर यस्ता सामाजिक कार्य समेत गर्दै आएको छ ।