महेन्द्रनगर । बुधवार विहान सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा महेन्द्रनगरमा दिप प्रज्वलन गरिएको छ ।
कञ्चनपुरको महेन्द्रनगरका लियो, लायनहरुले दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झानामा महेन्द्रनगरस्थित मदन चोकमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
काठमाण्डौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखरा उडान भरेको सौर्य एयरलाइन्सको ९एन–एएमई कलसाइनको जहाज बिहान ११ः११ मा विमानस्थलमै दुर्घटना भएको हो । दुर्घटनामा १८ जनाको निधन भएको छ ।
पाइलट मनिषरत्न शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।








