इटालीले ५३ बर्ष पछि जित्यो यूरो कप

इटालीले इंग्ल्यान्डलाई पेनाल्टीमा हराएर छैटौं टूर्नामेन्ट जित्यो; बानुकी फाइनलमा गोल गर्ने सबैभन्दा जेठो खेलाडी बने

इटालीले लन्डनको वेम्बली स्टेडियममा खेलेको यूरो कपको फाइनल खेल जितेको छ। पेनाल्टी शुटआउटमा इटालीले इंग्ल्यान्डलाई ५-३ ले हराउदै उपाधि हात परेको हो। इटालीको टीम ५३ बर्ष पछि यूरो कप ट्रफी जित्न सफल भएको छ। यस भन्दा अगाडी अन्तिम पटक उनले यो उपाधि १९६८ मा युगोस्लाभिया लाई हराएर जितेको थियो। साथै, यो इटालीको लगातार ३४ औं खेलमा जीत पनि हो।

खेलको ६७ औं मिनेटमा इटालीका लियोनार्डो बनुचीले गोल गरेका थिए। यससँगै, उनि युरो कपको फाइनलमा गोल गर्ने सबैभन्दा जेठो खेलाडी बनेका छन् । उसको उमेर ३४ वर्ष ७१ दिन पुगेको छ।

यो इटालीले जितेको छैठो ठूलो टूर्नामेन्ट हो। उनले ४ पटक फिफा वर्ल्ड कप र २ पटक यूरो कपको उपाधि जितेका छन्। युरोपेली देशहरू मध्ये, जर्मनी एक मात्र त्यस्तो देश हो जसले इटाली भन्दा बढी प्रतियोगिता जितेको छ। जर्मनी ले ७ पटक ठुला उपाधि हात परेको छ।

Advertisementspot_img

ताजा समाचार