अमेरिकाबाट आएको खोप भोलिदेखि लगाइने, यस्तो छ प्राथमिकता

प्रकाशित मिति:

काठमाडौँ, असार २८

सरकारले कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप लगाउने कार्य भोलिबाटै सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले चीनबाट खरिद गरिएको भेरोसल र जोनसन खोप अभियान भोलिबाट सञ्चालन गर्ने तयारी गरेको हो।

भेरोसेल खोप ५५ वर्षभन्दा माथिका र पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी, प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु, अत्यावश्यक सेवामा संग्लन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई लगाइनेछ।

यस्तै जोनसोन खोप ५० वर्ष देखि ५४ वर्षका नागरिक, पूर्ण र अति आशक्त, हाल नेपालमा बसोबास गर्ने शरणार्थीहरु, अग्रपंत्तिमा खटिनेलाई लगाइने भएको छ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार