भीमदत्तले बाह्रसिंगालाई ब्रान्ड बनाउने

महेन्द्रनगर २९ असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ठुलो संख्यामा पाईने बाह्रसिंगालाई नगरपालिकाको ब्रान्डको रुपमा अगाडी बढाउने भएको छ । नगरपालिकाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बाह्रसिंगालाई भीमदत्त ब्राडको रुपमा प्रयोग गरिने उल्लेख छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै सबै भन्दा ठुलो झुन्डमा बाह्रसिंगा देख्न सकिन्छ । भीमदत्तले बाह्रसिंगाको थप प्रचार प्रसारसँगै शुक्लाफाँटामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकृर्षित गर्न टेवा पु¥याउने उद्देश्यका साथ बाह्रसिंगालाई ब्रान्ड बनाउने नीति लिएको हो । ब्रान्डका लागि नगरपालिकाले विभिन्न कार्यक्रम, प्रचारप्रसार, बबाह्रसिंगको प्रतिकात्मक मुर्ती स्थापना लगायका योजना बनाएको छ ।

‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पहिचानको रुपमा रहेको बाह्रसिंगालाई नगरपालिकाले देश विदेशमा चिनाउन उक्त नीति लिएको छ ।’ भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भन्नुभयो । ‘हामीले नगरका विभिन्न कार्यक्रममा बाह्रसिंगालाई नगरको ब्रान्डको रुपमा प्रस्तुत गर्ने योजना बनाएको छौँ, यसले एकातिर पर्यटकलाई शुक्लाफाँटा घुम्न आकृर्षित गर्छ भने अर्कोतिर शुक्लाफाँटाको शानको रुपमा रहेको बाह्रसिंगालाई सबैले चिन्ने र निकुञ्जबारे बुझ्ने अवसर पनि पाउँछन् ।’
निकुञ्जको विशाल शुक्लाफाँटा घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो । निकुञ्जमा अहिले २२ सय बढी बाह्रसिंगा रहेको तथ्याङ्ग छ । यहाँ सयौँको बथानमा बाह्रसिंगा देख्न सकिन्छ ।

त्यस्तै नगरपालिकाले वनस्पतीमा विजय साललाई पनि ब्रान्ड कै रुपमा अघि बढाउने नीति लिएको छ । त्यसकालाई नगरपालिकाले सार्वजनिक स्थानमा विजय सालको विशाल प्रतिकात्मक गिलास राख्ने, अथितिलाई मायाको चिनोको रुपमा विजय सालको गिलास दिने र यसको प्रयोगको महत्वबारे जानकारी दिने लगायतका योजना छन् ।
विजय सालको प्रयोग र यसबाट बनेको गिलासमा पानी राखेर पिउँदा स्वस्थ्य भईने विज्ञहरु बताउँछन् ।

ताजा समाचार