युथफोर्सले ५ हजार सवारीको ‘स्कर्टिङ’मा ओलीलाई बालकोट पुर्‍याउँदै

काठमाडौं– निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्दै छन्। ओली विहान ११ बजे बालुवाटार छाडेर बालकोटस्थित निवास जान लागेका हुन्।

मंगलबार प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शपथ लिएसँगै ओलीले बालुवाटार छोड्न लागेका हुन्।

बालुवाटारबाट बालकोट जानेक्रममा ओलीलाई युथ फोर्सले स्कर्टिङ गरेर पु¥याउने तयारी गरेको छ। मंगलबार एमालेको भ्रातृ संगठन युवा संघले ब्युँताउने निर्णय गरेसँगै युथ फोर्सले ओलीलाई स्कर्टिङ गरेर बालकोट पु¥याउने तयारी गरेको हो।

नेकपा एमालेका नेता तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतले ओली प्रधानमन्त्री निवासबाट बालकोट जाँदा पाँच हजार सवारीले स्कर्टिङ गरेर लैजाने बताए। २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्कर्टिङ गर्ने उनको भनाइ छ। कौशलटारदेखि बालकोटसम्म ओलीको स्वागत गर्ने कार्यक्रम रहेको उनले जनाए।

ताजा समाचार