दार्चुलाकी बसन्ती ११ वर्षपछि परिवारको सम्पर्कमा

महेन्द्रनगर । वि.सं. २०६८ सालतिर दार्चुलाको दुहु गाउँपालिका–५ की बसन्ती धामी आमा बुवा र भाई संग भारतको पिथौडागढमा बस्थिन् । आमा बुवा त्यतै काम गर्थे ।

बसन्ती भने आमा बुवा काममा गएको समयमा आफ्नो भाईको हेरचाह गर्थिन् । सोहीक्रममा एक दिन बसन्तीको भाईको खुट्टामा खेल्दा खेल्दै चोट लागेपछि उनी औषधी लिन नजिकैको मेडिकलमा गइन् । तर घर फर्किदा उनी बाटो बिर्सेर अन्तै लागिन् । राती भइसक्दापनि बाटो फेला नपारेपछि उनि त्यो रात एक बृद्ध दम्पतीको घरमा बसिन् । भोलीपल्ट बिहानै उनि फेरी घर जान भनेर हिडिन् । तर उनी घरको विपरित दिशा तर्फ अघि बढ्दै गईन् ।

घर खोज्दै जा“दा बसन्ती पिथौरागढबाट हरिद्वार पुगिन् । त्यहा उनि एक वर्ष अलपत्र परिन् । त्यसपछि उनलाई त्यहाँको प्रहरीले फेला पारी देहरादुनस्थित वालिका निकेतनमा भर्ना ग¥यो । ९ वर्षको उमेरमा पिथौरागढबाट बेपत्ता भएकी बसन्ती आज ११ वर्षपछि परिवारको सम्पर्कमा आएकी छिन् । विभिन्न संघ संस्थाको पहलमा उनलाई बुधबार कञ्चनपुरको महेन्द्रनगर पु¥याएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘मैले घर परिवारसंग भेट हुन्छ भन्ने आस मारिसकेकी थिए,’ बसन्तीले भनिन्, ‘सानै छदा हराएको हुदा घर फर्किने बाटो समेत थाहा थिएन ।’ उनले अगाडी थपिन् ‘वालिका निकेतनले गर्दा आज परिवार संग भेट भएकोले खुशी लागेको छ ।’ हामीकहाँ आए देखी बसन्तीलाई परिवारको जिम्मा लगाउने हाम्रो प्रयास ११ वर्ष पछि पुरा भएको बसन्तीलाई उनको आफन्तको जिम्मा लगाउन देहरादुनबाट महेन्द्रनगर पुगेका हेल्प क्रस ट्रष्टका विशाल थापाले बताए । ‘धेरै दिनको प्रयासपछि वसन्तीलाई घर परिवारको जिम्मा लगाउन सफल भयौं,’ थापाले भने, ‘यो हाम्रा लागि निकै खुशीको कुरा हो ।’ बसन्ती सहित देहरादुनको वालिका निकेतन र नारी निकेतनमा रहेका अन्य ४ जनालाई विहिबार आफन्तको जिम्मा लगाइएको थापाले बताए ।

‘देहरादुनस्थित वालिका निकेतन र नारी निकेतनमा रहेका बसन्ती सहित ४ जनालाई हामीले आज उनिहरुको परिवारको जिम्मा लगाएका छौ ।’ बसन्ती सहित भारतमा अलपत्र परेका रोल्पाकी १७ वर्षिया वविता डाँगी,कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीकी गोमती नाथ र सुनसरीकी भारती कास्यवलाई पनि विहिबार उनिहरुको परिवारको जिम्मा लगाइएको थापाले बताए ।

उनकाअनुसार वालिका निकेतनमा १ नेपाली वालिका र नारी निकेतनमा १५ नेपाली नारीहरु रहेका छन् ।‘अझै वालिका निकेतनमा एक जना वालिका र नारी निकेतनमा १५ जना नेपाली नारीहरु रहेका छन् ।’ थापाले भने ‘उनीहरुको पनि घर परिवारको खोजी गरिरहेका छौ ।’

ताजा समाचार