निर्मला हत्याकाण्डः देउवाको बचन पुरा हुने आशामा दुर्गा

महेन्द्रनगर १० साउन ।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्त परिवारलाई भेट्न २०७५ फागुन १८ गते शुक्रबार वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा घरमै पुगेका थिए । नेपाली कांग्रेशको पार्टी सभापती एंव पुर्व प्रधानमन्त्रीका हैसियतले घटनाको सात महिनापछि देउवा पिडीत परिवारलाई भेट्न कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमै पुगेका थिए ।


निर्मला पन्तकी आमा दुर्गादेवी पन्त र बहिनिहरुसँगको भेटमा देउवाले निर्मलाको हत्यारा पत्ता लगाउन आफुहरुले सहयोग र खबरदारी गर्ने बचन दिएका थिए । पिडीत परिवारलाई भेटे लगत्तै देउवाले सामाजिक सञ्जाल फेसबुकमा आफुले निर्मला पन्तको परिवार भेटेको कुरा लेखेर फोटोसहित जानकारी गरेका थिए ।

पिडित पन्त परिवारलाई भेट्दै देउवा ।


उनले लेखेका थिए ‘आज कञ्नपुरकी हाम्री चेली निर्मला पन्तका परिवारलाई घरमै पुगेर भेट गरे । निर्मलाका लागि न्याय दिलाउनु उनको परिवारको मात्रै होईन, हामी लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व हो । निर्मलालाई न्यायका लागि आफु र आफ्नो पार्टीबाट निरन्तर खवरदारी गर्ने प्रतिवद्धता गरेको छु ।’ देउवाले दिएको आश्वासनको साढे दुई वर्ष र निर्मला हत्याको तीन वर्ष पुगेको छ ।


२०७५ साउन १० मा वेपत्ता भएर ११ गते मृत फेला परेकी निर्मलाले ०७८ साउन १० गते आईतबार ३ वर्ष पुरा भयो । तर अहिलेसम्म अपराधी कानुनी दायरमा आउन सकेको छैन् । निर्मला हत्याकाण्डमा सत्ता बाहिर रहदाँ सरकारले हत्यारा लुकाएको र आफुले दोसि पत्ता लगाउन खबरदारी गर्ने बताएका देउवा अहिले पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनेका छन ।

देउवाको सत्ता पुनरागमनपछि पिडीत परिवारमा देउवाले न्याय दिलाउन गरेको बचन पुरा गर्लान की भन्ने झिनो आशा पलाएको छ । पिडीत परिवारले न्याय पाउने आशा मरि सकेको भएपछि देउवाको सत्तारोहणपछि र उनले दिएको बचन पुरा हुनेमा आशावादी देखिएको हो ।


‘न्याय पाईला भन्नेमा विश्वास्त त छैन्, ।’ निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले भनिन् ‘अहिलेका प्रधानमन्त्री देउवा घरमै आएर न्याय दिलाउन सहयोग गर्छु भनेर बचन दिनु भएको थियो, अहिले उहाँ नै देशको प्रधानमन्त्री हुनु भएछ, आफ्नो बचन पुरा गर्लान की भन्ने आशा छ ।’ उनले अगाडी थपिन ‘कि यो सरकारले हत्यारा पत्ता लगाएर न्याय दिओस, होईन भने अहिलेसम्म दोषी पत्ता नलाग्नुको कारण के हो हामीलाई जवाफ चाहिन्छ ।’

तत्कालिन समय सरकारले नै हत्यारा लुकाएको दावि गर्ने प्रमुख प्रतिपक्ष नै अहिले सरकारमा आएकाले आफुले न्याय पाउने झिनो आशा पलाएको उनको भनाई छ ।


दिलिपतिरै दुर्गाको संकेत


निर्मलाको हत्या अभियोगमा पक्राउ परेका दिलिप सिंह विष्ट दोषी हुन संकेत दुर्गाले गरेकी छिन् । रिर्पोटिङ्का क्रमको संवादका उनले दिलिप अपराधी हुन सक्ने संकेत गरिन् । दुर्गाले दिलिप विरुद्ध प्रहरीमा किटानी जाहेरी समेत दिई सकेकी छिन् । लामो समयसम्म प्रहरीको अनुसन्धानमा रहेका दिलिपलाई प्रमाण अपुग भएपछि अदालतले रिहाई गरेको थियो ।


‘यहाँ कतिपयले ठुलौ हत्यारा हो भनेर भने, तर हत्यारा को अहिलेसम्म पत्ता लागेको छैन्, ।’ उनले भनीन् ‘हत्यारा जुनसुकै भएपनि पत्ता लगोस्, निर्दोष नफसोस् भन्ने मेरो चाहाना हो ।’ उनले अगाडी थपिन् ‘दिलिपको चालचालन, घरमा गर्ने व्यवहार हेर्दा र घटना अघि पनि अपराधमा संलग्न भएकाले उसप्रति मेरो आंशका हो, तर यस विषयलाई लिएर ममाथि विभिन्न आक्षेप लगाईयो, घटनाको सत्यतथ्य छानबिन होस् ।’


त्यो बाटो हिड्न डराउछिन् मनिसा


निर्मला पन्तको शव भेटिएको उखुबारी रेडक्रस–उल्टाखाम सडकखण्डमै पर्छ । निर्मला पन्तको घरदेखि महेन्द्रनगर बजार आउने बोटो पनि यहि हो । निर्मला पन्तकी दिदी मनिसाको नियमित विद्यालय जाने बाटो छेउको उखुबारीमा शव फेला परेको थियो । कक्षा १२ मा अध्ययनरत मनिसा अहिले त्यो बाटो एक्लै हिड्न डर लाग्ने गरेको बताउँछिन् ।


‘म विद्यालय जाने आउने बाटो त्यही हो ।’ निर्मलाकी दिदीले मनिसाले भनिन् ‘बहिनीको हत्या भएयता त्यो बाटोमा एक्लै आउन जान डर लाग्छ, साथिहरुसँग मात्रै जान्छु ।’ उनले अगाडि थपिन् बहिनिले ‘न्याय आउला भन्ने आशा त छैन् तर हत्यारा पत्ता लागेर कार्वाहि होस भन्ने चाहाना छ ।’


देउवा सरकारले पत्ता लगाउला त हत्यारा ?


निर्मला हत्याकाण्ड हुदाँ मुलुकमा तत्कालिन नेकपा केपी ओली नेतत्वको सरकार थियो । प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले सरकारकै अनईच्छाकै कारण हत्यारा पत्ता नलागेको सुरुवाती चरणदेखि नै आरोप लगाउदैँ आएको थियो । नेपाली कांग्रेस प्रभावशाली नेताहरुले नै दोशी पत्ता नलाग्नुमा सरकार नै जिम्मेवार रहेको आरोप लगाउँदै आएको थिए ।


२०७५ मंसिरमा विराटनगरमा आयोजित प्रदेश स्तरिय नेपाली कांग्रेस महासमितिको बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सभापति देउवाले सरकार बलात्कारीको संरक्षण लागेको र हत्यारा लुकाएको दावि गरेका थिए । त्यतिबेला पार्टी सभापती देउवाले सरकारले चाहेको खण्डमा निर्मलाको हत्यारा पत्ता लगाउन केही बेर पनि नलाग्ने टिप्पोणी गरेका गरेका थिए ।


तर अहिले तिनै देउवा नेतृत्वको सरकार छ । सरकारकै अनईच्छा कारण दोशी पत्ता नलागेको बताउने देउवाले आफ्नो कार्यकालमा निर्मला हत्याकाण्डलाई किनारा लगाउला की भन्ने आम जनमानसले चाँसोको रुपमा लिएको छ । सरकारले चाहेको खण्डमा निर्मलाको हत्यारा पत्ता लगाउन केही बेर पनि नलाग्ने बताएका देउवाले आफुले नेतृत्व गरेको सरकारको पालामा पनि दोशी पत्ता लाग्नेमा भन्ने टुङ्गो छैन् ।


‘नियमित अनुसन्धानमै छौँ’: प्रहरी ?


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी नियमित रुपमा लागेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने विशेष टोली खटाएर नै अनुसन्धान भईरहेको बताए ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुर


उनका अनुसार करिब १६ जना प्रहरीको टोली निर्मला हत्याकाण्डको अनुसन्धानमै खटिएको छ । जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान ब्युरो, क्षेत्रिय अुसन्धान समुहको संयुक्त टोलीे निर्मला हत्याकाण्डको अनुसन्धान गरिरहेको छ ।


‘नेपाल प्रहरी आफ्नो पेशागत जिम्मेवारीका साथ नियमित त्यो केसको अनुसन्धानमा लागेको छ ।’ ‘घटनाको धेरै कोणबाट अनुसन्धान भइरहेको छ, अहिले नै अनुसन्धान कुन अवस्थामा छ भनेर भन्न मिल्लन् अनुसन्धान जारी छ ।’ उनले अगाडी थपे ‘केन्द्रीय अनुसन्धान व्युरोसहित जिल्लामा एसपी साप कै निगरानी नियमित अनुसन्धान भईरहेकोले यो केसलाई प्रहरीले संवेदनशिल रुपमा लिएको भनेर नै बुझ्नु पर्छ ।’

ताजा समाचार