‘देशमा विदेशी हस्तक्षेप बढ्यो, एमाले मिल्नुको विकल्प छैन’: नेता चटौत

कञ्चनपुर, १५ साउन
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा एमाले)का नेता नन्दलाल चटौतले नेकपा एमाले मिल्नुको विकल्प नभएको बताएका छन् । नेकपा एमाले प्रदेशक कमिटी सदस्य समेत रहेको नेता चटौतले कञ्चनपुरका संचारकर्मीसंग वर्तमान समसामयिक राजनीतिक परिवेशबारे विषयमा छलफल गर्दै यस्तो बताएका हुन् । जनादेश प्राप्त प्रधानमन्त्री ओलीलाई हटाउनका लागि विदेशी तत्वहरुले हस्तक्षेप गरि प्रधानमन्त्रीबाट हटाएर देउवालाई नियुक्ती गरेको नेता चटौतको भनाई छ ।
उनले नेकपा पार्टीलाई पुर्ववत अवस्थामा जस्तै एमाले, माओवादीलाई अलग अलग अस्थित्वमा जान र परमादेश मार्फत प्रधानमन्त्रीमा देउवालाई नियुक्तीदेखि दलिय ह्वीप नलाग्ने फैसलाले राजनीतिक थप संकट उत्पन्न गरिदिएको बताए । निवर्तमान प्रधानमन्त्रीलाई सत्ताबाट हटाउन विदेशी हस्तक्षेप भएको उनको दावि छ । उनले अदालतको ले गरेका दुवै फैसलाको आफुले सम्मान गर्ने बताए ।
एमसीसी जस्ता विवादित योजना लाद्ने दुष्प्रयास भईरहेको बताउदै उनले देउवा सरकारले राष्ट्रघात गर्न नहुने तर्फ राखे । ‘हामी दलिय अनुशासनमा बस्छौँ, ‘उनले भने, ‘अहिलेको अवस्थाले दलिय व्यवस्थामै प्रशन चिन्ह खडा गरिदिएको छ ।’
निषेधको राजनीतिक भईरहेको बताउदै उनले मिलेर संविधानको रक्षा गर्नुको साटो दल, र नेताहरुविच विग्रहको अवस्थाले मुलुक झन संकटमा जाने चिन्ता व्यक्त गर्नुभयो । ‘जनताले कम्यूनियष्टलाई जनादेश दिएको हो, ‘उनले भने, ‘आज जनादेशको के भयो, काँग्रेसले सत्तामा जान अहिल्यै हतार गर्नु थिएन ।’
प्रचण्डले ठूलो परिर्वतन ल्याए पनि उनले पनि फराकिलो दृष्ट्रिकोणबाट पार्टी संचालन गर्नुपर्ने भएपनि आफन्त, नातावाद केन्द्रीत भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कम्तिमा एक दशकसम्म सबै दलहरु मिलेर संविधानको रक्षा गर्दै नागरिकलाई अधिकारको प्रत्याभूति दिलाउनुको साटो सत्ता केन्द्रीत भएकाले संविधान कार्यान्वयनमा आशंका व्यक्त गर्नुभयो ।
फेरी पनि मुलुकमा भागबण्डा आफन्तवाद चलेकाले त्यसबाट नागरिकको भविष्य अन्धकार हुने भन्दै उनले ठूला सबै पार्टीले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सदस्य समेत रहेका उनले पार्टीको आन्तरिक विवाद मिलाएर नेताहरुले जनभावना अनुरुप अघि बढ्नुपर्नेमा सुझाव दिदै ओली र नेपाललाई मिलेर पार्टीलाई एकढिक्का बनाउन आग्रह गरेका छन ।


सरकारले महामारी रोकथाम गरिरहेको बताएपनि व्यवहारिक रुपमा त्यो नभईराखेकाले कोरोना रोकथामका लागि सरकार अग्रसर हुनुपर्नेमा जोडदिए । कोरोनाबाट दिगम्बत हुनुभएका परिवारप्रति समवेदना प्रकट गर्दै नेता चटौतले अब कुनैपनि नागरिकले कोरोनाबाट ज्यान गुमाउनुपर्ने अवस्था हटाउनुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार