सोमबार थप ३१ सय जनामा कोरोना संक्रमण, २३ संक्रमितको मृत्यु

काठमाडौं पछिल्लो २४ घण्टामा मुलुकमा ३१ सय २५ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १३ हजार ८११ नमुना (३१९८ एन्टिजेन र १०६१३ पीसीआर)परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोमबार थप २३ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाएका छन् भने १९ सय २५ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ जना रहेको छ ।

गत २४ घण्टामा कोरोनाभाइरस विरुद्धको खोप १८ लाख १० हजार २५ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार