शिक्षक दरबन्दि मिलान विवादः ‘भीमदत्त नगरपालिका आफैले बनाएको कार्यविधि आफैले कार्यान्यन गरेन’

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आफैले बनाएको शिक्षक दरबन्दि मिलान कार्यविधि आफैले कार्यान्वयन नगरेको नेपाल शिक्षक संघ कञ्चनपुरले जनाएकोे छ ।

नगरपालिकाले बनाएको कार्यविधि आफैले कार्यान्वयन नगरि मेयर सुरेन्द्र विष्ट लगाएत शिक्षा शाखा प्रमुखले कार्यविधिको नियम विपरित एवम् विद्यालयको हित विपरित आफ्ना मान्छे छानीछानी शिक्षक दरबन्दी मिलान गरेको नेपाल शिक्षक संघ भीमदत्त नगर कार्यसमितिले आरोप लगाएको छ ।

गत महिना ३१ गते नगर शिक्षा समितिले तीनै तहको शिक्षक दरबन्दी मिलान गरेको थियो । उक्त शिक्षक दरबन्दि मिलान शिक्षक दरबन्दि मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ विपरित गरिएको भन्दै नेपाल शिक्षक संघ कञ्चनपुरले साउन ३ गतेदेखी भीमदत्त नगरपालिकाको शिक्षा शाखामा तालाबन्दि गरेको छ ।

No description available.
शिक्षा शाखामा लगाइएको ताला

भीमदत्त नगरपालिकाले बनाएको कार्यविधि आफैले कार्यान्वयन नगरि नगर शिक्षा समितिले आफ्ना मान्छेलाई छानीछानी कार्यविधिको नियम कानुन विपरित दरबन्दि मिलान गरेको नेपाल शिक्षक संघ कञ्चनपुरका अध्यक्ष गणेश बहादुर चन्दले बताए ।

‘भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दि मिलान कार्यविधि विपरित दरबन्दि मिलान गरेको छ ।’ अध्यक्ष चन्दले भने ‘शिक्षक दरबन्दि मिलान कार्यविधि अनुसार गरिनु पर्छ भनेर हामीले साउन ३ गते देखी शिक्षा शाखामा ताला लगाई धर्ना बस्दै आएका छौै ।’उनले अगाडी थपे ‘तर हाम्रो माग सम्बोदन नभएका कारण आज सोमबारबाट हामी रिले अनसनमा पनि बसेका छौ ।’

कुनै विद्यालयमा दरबन्दी काट्नु पर्ने ठाउँमा नकाटेको र कुनै विद्यालयमा नकाट्नु पर्ने ठाउँमा काटेर आफ्ना मान्छेको व्यवस्थापन गरिएको नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष निर्मला जोशीले बताइन् । ‘यहाँ कुनै विद्यालयमा दरबन्दी नकाट्नु पर्ने ठाउँमा नियम विपरित काटेका छन् र काट्नु पर्ने ठाउँमा काटेका छैनन् ।’ जाशीले भनिन् ‘यहाँ आफ्ना मान्छेलाई छानीछानी दरबन्दी मिलान गरेर विद्यालयको हित विपरित काम गरेका छन् ।’

आफुहरुले आफ्ना मान्छे बचाइदिन भनेर तालाबन्दि र विरोध नगरेको नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिंह धामीले बताए । ‘हामीले हाम्रो मान्छे बचाइदिनु पर्यो भनेका छैनौँ, हामीले त नियम अनुसार दरबन्दी मिलान हुनु पर्यो भनेका छौ ।’

यद्यपी यता भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुस्कर भट्टले दरबन्दि मिलान कार्यविधि अनुसार भएको र केही क्रृटी भए त्यसलाई छलफल गरि सच्चाउने बताएका छन् । ‘दरबन्दि मिलान नियमानुसार भएको छ । त्यस क्रममा केही क्रृटी भएका छन् होलान् ।’ उनले भने ‘हामी ती क्रृटी छलफल गरि सच्चाइ जतिसक्दो चाडो नेपाल शिक्षक संघको माग सम्बोधन गर्छौ ।’

१५ दिन देखी शिक्षा शाखामा तालाबन्दी

नेपाल शिक्षक संघ कञ्चनपुरले शिक्षक दरबन्दी मिलान नियम विपरित गरिएको भन्दै भीमदत्त नगरापालिका शिक्षा शाखामा साउन ३ गते देखी तालबन्दी गरि धर्नानामा बसेका छन् । मे

यर विष्टको नेतृत्वमा शिक्षक दरबन्दी मिलान नियम विपरित गरिएकोले नेपाल शिक्षक संघले शिक्षा शाखामा ताला लगाएको सचिव धामीले बताए । ‘दरबन्दी मिलान मनपरि ढङगले गरिएकोले साउन ३ गते देखी हामीले शिक्षा शाखामा ताला लगाएका हौ ।’ धामीले भने ‘ कार्यालयमा ताला लगाइएको छ । आजबाट हामी रिले अनसनमा पनि बसेका छौ । अझैपनि हाम्रो माग सम्बोदन नभए हामी झन ठुलो आन्दोलनमा उत्रिने छौ ।’

ताजा समाचार