भीमदत्तमाथि भएको आक्रमणबारे चार सांसदको ध्यानार्कषण, भन्छन् ‘कांग्रेस सत्तामा पुग्नासाथ हिस्रक बन्यो’


हेन्द्रनगर ४ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले गरेको आक्रमणबारे संघिय सांसदको ध्यानार्कषण भएको जनाएको छ । कञ्चनपुरका संघिय सांसद निरुदेवि पाल, डा. दिपक प्रकास भट्ट, नर बहादुर धामी र बिना बुढाथोकीले व्यत्तव्य जारी गर्दैँ नगरपालिकाकामाथि नेपाली कांग्रेसले गरेको आक्रमणबारे ध्याननार्कषण भएको जनाएका हुन् ।
सामाजिक सञ्जालमार्फत जिल्लाका चार संघिय सांसदले भीमदत्त नगरपालिका, नगर शिक्षा समितिबाट मिति २०७८ असाढ ३१ गतेको निर्णय अनुसार प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षक ट्रेडहरुका पदाधिकारीहरु बीचको बैठकबाट दरबन्दी मिलानको विषयमा भएको सहमति कार्यान्वयनमा सहयोग र सहजीकरण गर्नुको सट्टा नेपाली कांग्रेस र भातृ संस्थाहरुका नेताहरूबाट प्रहरी, शिक्षक र नगरपालिकाका कर्मचारीहरुमाथी भएको आक्रमण भत्सर्ना योग्य रहेको बताएका छन् ।
संघिय सांसद भट्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘वार्ता र सम्वादको माध्यमबाट दरबन्दी मिलान र अन्य समस्याहरु समाधान गर्ने लोकतान्त्रिक परम्परा विपरित सत्ता पक्ष बन्ने बितिक्कै हिंस्रक जत्थाका रुपमा जनताको प्रतिनिधिहरुले सेवा दिने थलो नगरपालिकामाथि गरिएको आक्रमण निन्दनीय छ । तसर्थ शीघ्रातिशीघ्र घट्नाको सत्य,तथ्य छानबिन गरि दोषीहरुमाथि कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु ।’
साथै उनले जिल्ला प्रशासनद्वारा उपयुक्त समयमा भएको हस्तक्षेपले परिस्थितिलाई ठुलो दुर्घटनाको रुप लिनबाट बचाउन सहयोग गरेकोमा प्रशासनलाई धन्यवाद समेत दिएका छन् ।
दरबन्दी मिलानका विषयलाई लिएर रिले अनसनमा गदैँ आएको शिक्षक संघको आन्दोलन शुक्रबार उग्र बनेको थियो ।
शिक्षक संघले नगरपालिकाले दरबन्दी मिलानमा कानुन मिचेको आरोप लगाउदैँ आएको छ । शिक्षक संघले शुक्रबार शान्तीपुर्ण प्रदर्शन गर्नेपनि नेपाली कांग्रेसले भातृ संगठन परिचालन गरि नगरपालिकामा ढुङ्ढामुढा प्रहार गरेको बताईएको छ ।
साथै प्रहरी र आन्दोलनकारीबिचको झडपमा परि दुवै पक्षका केही व्यक्ति सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

https://www.facebook.com/dpbhatt/posts/10159286271047199

ताजा समाचार