काठमाडौं । प्रदेश सरकार गठन र नयाँ राजनीतिक समीकरणका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच संवाद सुरु भएको छ।
कांग्रेस सरकारबाट बाहिरिन थालेपछि नयाँ समीकरणको प्रयासस्वरूप प्रचण्ड ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका थिए। भेटमा प्रचण्डले एमालेलाई ४ र नेकपालाई ३ वटा प्रदेशको नेतृत्व दिने तथा आगामी निर्वाचनसम्म चुनावी तालमेल गर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ।
तर, पार्टीमा कुनै संस्थागत छलफल नगरी एक्लै सहमति नगर्न एमालेका नेताहरूले ओलीलाई चेतावनी दिएका छन्। एमालेभित्रको आन्तरिक असन्तुष्टिका कारण तत्काल लिखित सहमति भने हुन सकेको छैन।




