प्रहरी र शिक्षक विच झडपः ‘घटनाको जिम्मेवारी मेयर विष्टले लिनुपर्छ’ शिक्षिका विमला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रहरी र शिक्षकहरुविच झडप भएको छ । शुक्रबार दोहोरो झडप हुदाँ शिक्षक सहित १२ जना विद्यार्थी नेता र ९ जना प्रहरी घाइते भएका छन् ।

झडपमा परि शिक्षक विरेन्द्र सिंह बोहोरा गम्भिर घाइते भएका छन् । उनलाई हाल महाकाली प्रादेशिक अस्पतालले धनगढी रेफर गरेको छ । नगरपालिकाले शिक्षक दरबन्दि मिलन मनमानी तरिकाले कार्यविधि विपरित गरेको भन्दै नेपाल शिक्षक संघ ३५ दिन देखी शान्तिपूर्ण रिले अनसनमा बसेको थियो ।

‘हामी विगत ३५ दिन देखी शान्तिपूर्वक रिले अनसन बसका थियौँ तर भीमदत्त नगर शिक्षा समितिका संयोजक मेयर सुरेन्द्र विष्ट र अरु पदाधिकारीले हाम्रो माग सम्बोदन नगर्दा आज यो घटना घट्यो ।’ शिक्षिका विमला बमले भनिन् ‘आज सम्म शान्तिपूर्ण आन्दोलन गर्दा नगरपालिकले हाम्रो कुरा नसुनेर लापर्वाही गरेका कारण घटना घटेको हो त्यसैले यो घटनाको जिम्मा मेयर र नगरपालिकाले लिनुपर्छ ।’ उनले अगाडी थपिन् ‘यदि पहिलेनै हाम्रो माग नगरपालिकले सम्बोदन गरको भए आज यो घटाना हुने थिएन ।’

काँग्रेस निकट नेपाल शिक्षक संघले भीमदत्त नगरपालिकले कार्यविधि विपरित आफ्ना मान्छे छानीछानी दरबन्दि मिलान गरेको भन्दै विरोधमा ३५ दिन देखी शिक्षा शाखामा ताला लगाई रिले अनसनमा बसेको थियो । तर पनि नगरपालिकाले आफ्ना माग सम्बोदन नगरेको भन्दै शुक्रबार शिक्षक संघले नगरपालिकाको मुलगेटमा ताला लगाएको थियो । उक्त ताला प्रहरीले तोडेपछि दोहोरो झडप भएको नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिंह धामीले बताए ।

ताजा समाचार