निड्स नेपालद्धारा बाढी पिडितलाई सरसफाई किट सहयोग

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकाका बाढी पिडित परिवार तथा घरधुरीलाई केयर नेपालको सहयोगमा निड्न नेपालले सरसफाई तथा स्वच्छता सुविधाको लागि सरसफाई किट सहयोग गरेको छ ।

केयर नेपालको सहयोगमा निड्स नेपालले पुनर्वास नगरपालिका वडा नम्बर ५ सिमरीका ६७ घरधुरी, २ दशरथ टोलका १८ घरधुरी र कृष्णपुर नगरपालिका वडा नम्बर २ मछेली टोलका ६ घरधुरीका बाढी पिडितलाई सरसफाई किट सहयोग गरिएको निड्स नेपाल कञ्चनपुरले जनाएको छ ।

परियोजना संयोजक केशव मलासीका अनुसार बाढी पिडित परिवारलाई केयर नेपाल र निड्स नेपालको सहयोगमा हात धुने साबुन,कटन तौलिया,सावुन दानी, लुगा धुने सावुन,सेनिटरी कपडा,तल्लो भित्रि वस्त्र,दाँत माझने ब्रस,मञ्जन, पानी शुद्धिकरण गर्ने झोला,बाल्टिङ,मग, सर्जिकल माक्स,सेनिटाइजर,झोला लगाएतका सामाग्री सहयोग गरिएको छ ।

विपद्का बेलामा स्वास्थ तथा सरसफाई क्षेत्र पुर्ण रुपमा प्रभावित हुने भएकाले अन्य महामारी तथा कोरोना सक्रमण लाई उच्च ध्यानमा राख्दै तत्काल सो सहयोग गरिएको परियोजना संयोजक मलासीले बताए ।

ताजा समाचार