कांग्रेस महाधिवेशनः को–को छन् कञ्चनपुर जिल्लाको सभापति,उपसभापति र सचिवका आकांक्षी ?

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै वडा तहदेखि केन्द्रसम्म सरगर्मी बढ्न थालेको छ । केन्द्रका नेताहरु आफू अनुकूलका नेतालाई जिल्ला सभापति बनाउने कसरतमा लागेका छन् । यसका लागि नेता कार्यकर्ता केन्द्रीय नेता भेट्न काठमाडौं आउने जाने क्रम निकै बाक्लिन थालेको छ ।

केन्द्रीय सभापतिका लागि जसरी दावा बढेको छ त्यसरी नै जिल्लामा पनि सभापति,उपसभापति र सचिवका दावेदारहरु दौडधुप गरिराखेका छन् । महाधिवेशनको मिति नजिकिए संगै कञ्चनपुरमा पनि सभापति,उपसभापति तथा सचिवका आकांक्षीहरु खुल्न थालेका छन् ।

महाधिवेशन प्रतिनिधि गोपाल सिंह गुरुङ, हालका पार्टी सभापति हरी बोहरा र महाधिवेशन प्रतिनिधि तथा पूर्व सचिव पदम बोगटी जिल्लाको पार्टी सभापतिको दौडमा छन् । गुरुङ पौडेल निकट मानिन्छन् भने बोहरा र बोगटी देउवा निकट हुन् ।

‘अहिले जिल्ला सभापतिको आकांक्षीमा पूर्व पार्टी सचिव र महाधिवेशन प्रतिनिधि पदम बोगटी, हालका पार्टी सभापति हरी बोहरा र महाअधिवेशन प्रतिनिधि गोपाल सिंह गुरुङ देखिएका छन् ।’ एकजना नेताले भने ‘ अघिल्लो महाधिवेशनमा पनि उहाँहरु नै जिल्ला सभापतिका लागि लडेका थिए ।’

उपसभापतिका लागि हालका पार्टी सचिव दिवाकर पाण्डे, कोषध्यक्ष शंकर चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट, पूर्व सह–सचिव मिन बहादुर सिंह र बन्दु राना दौडधुपमा छन् ।

यस्तै सचिवमा प्रेश युनियन कञ्चनपुरका पूर्व अध्यक्ष तथा जिल्ला सदस्य चक्र महता,जनक धामी,भीम भट्ट, हालका पार्टी सचिव ईश्वरी जोशी,हालका पार्टी सह–सचिव लेखराज जोशी, र पुस्कल चौधरी मैदानमा उत्रिएका छन् ।

ताजा समाचार