कोभिड–१९ का कारण व्यवसाय गुमाएकालाई कृषिजन्य सामाग्री सहयोग

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना भाइरसका कारण व्यवसाय गुमाएका कृषक तथा समुहलाई कृषिजन्य सामाग्री सहयोग गरिएको छ ।

बुधबार एक कार्यक्रमका विच कृष्णपुर नगरपाकिलाको समन्वय तथा केयर नेपाल र निड्स नेपालको साझेदारीमा कोरोनका कारण व्यवसाय गुमाएका जिल्लाको कृष्णपुर नगरपालिका–१,३,७ र ८ नम्बर वडाका ६० किसानलाई प्रति कृषक ५ हजार मुल्य बराबरको कृषि सामाग्री वितरण गरिएको निड्स नेपाल कञ्चनपुरले जनाएको छ ।

कोभिड १९ दोस्रो लहर आपतकालिन प्रतिकार्य परियोजनाको सहयोगमा कोभिड संकटका कारण ब्यवसाय गुमाएका समुहहरुलाई ब्यवस्थित गर्ने साथै कृषिजन्य सर सामग्रीहरुको सहयोग मार्फत जिविको पार्जनमा टेवा पु¥याउने उदेश्यका साथ कृषि सामग्री वितरण गरिएको परियोजना संयोजक केशव मलासीले बताए ।

उनका अनुसार कोभिड–१९ बाट प्रभावित कृषकहरुलाई कृषिजन्य सामग्रीहरुको सहयोगका लागि कृषि सामग्री भौचर कार्डको वितरण गरिएको र उक्त ६० जना कृषक घरधुरी बराबर रु ३ लाख बराबरको भौचर कार्ड वितरण गरिएको छ ।

निम्न कृषि सामग्री सहयोग गरिएको

  • काउली बिउ
  • टमाटर
  • खुर्सानी
  • मुला
  • बन्दा
  • धनिया
  • पोटेटो जिकँ
  • कृषि पोषक
  • स्प्रे टयाँकी
  • नर्सरी प्लास्टिक
  • प्लास्टिक
  • दाँते
  • खुर्पी
  • कुटो
  • कोदालो
  • हजारी

ताजा समाचार