थप १,२६८ जनामा कोरोना संक्रमण, कति भए संक्रमणमुक्त?

महेन्द्रनगर। पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ । जसमध्ये २९ हजार ६५८ जना होम आइसोलेसनमा र २१६८ जना संस्थागत आइसोलेसनमा छन् ।

कुन जिल्लामा कति संक्रमित:

  • काठमाडौं – २८९
  • कास्कीमा – १४३
  • झापामा – ७९
  • सुनसरीमा – ६५
  • ललितपुरमा – ५३
  • मोरङमा – ४५
  • भक्तपुर – ४४
  • रुपन्देहीमा – ४४
  • बाँकेमा – ३०
  • चितवनमा – २६
  • मकवानपुरमा – २५
  • कैलालीमा – २३
  • नवलपारी पूर्व – ११

ताजा समाचार