अफगानिस्थानको पन्जशीर लडाइँमा ‘६०० तालिबान लडाकु मारिए’

काठमाडौं । तालिबानविरोधी समूहले अफगानिस्तानको पन्जशीरमा भएको लडाइँमा झन्डै ६०० तालिबान लडाकुहरूको मृत्यु भएको जनाएको छ ।

तालिबानविरोधी लडाकुहरूको मोर्चा नेसनल रेरिस्टेन्स फ्रन्टका प्रवक्ता फहिम दश्तीले ट्विट गर्दै शनिबार झन्डै ६०० तालिबान लडाकुहरूको मृत्यु भएको बताएका छन् । उनले ११ सय लडाकुहरूमध्ये केहीलाई बन्दी बनाइएको र केहीले आत्मसमर्पण गरेको पनि बताए ।

त्यसअघि, तालिबानले पन्जशीर प्रान्तका केही जिल्लाहरूलाई नियन्त्रणमा लिएको जनाएको थियो ।

पन्जशीर उपत्यकामा भइरहेको भीषण लडाइँमा आफू मजबुत रहेको दुवै पक्षको दाबी छ । यसको स्वतन्त्र पुष्टि भने हुन नसकेको बीबीसीले जनाएको छ ।

पन्जशीर अफगानिस्तानको साना प्रान्तहरूमध्ये एक हो । यो प्रान्त तालिबानले कब्जा गर्न बाकी रहेको अफगानिस्तानको अन्तिम प्रान्त हो ।

ताजा समाचार