अब महेन्द्रनगरमै पेटको इन्डोस्कोपी

महेन्द्रनगर । अब कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महेन्द्रनगरमै पेटको इन्डोस्कोपी गरिने भएको छ ।

महेन्द्रनगरको गल्ली नम्बर ३ स्थित आनन्द पोलिक्लिनिक प्रा.ली.ले पेटको इन्डोस्कोपी सेवा दिने भएको हो ।

पेट सम्बन्धि रोगहरुको लागि विरामीहरु राजधानी तथा अन्य मुलुक जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै महेन्द्रनगरमै पहिलो पटक पेटको इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याइएको आनन्द पोलिक्लिनिक प्रा.ली.का सञ्चालक भक्तराज भट्टले बताए ।

उनकाअनुसार उक्त इन्डोस्कोपी मार्फत पेट भित्र भएका घाउँ,अल्सर,दाग लगाएका समस्या तथा रोग पत्ता लगाई उपचार गरीन्छ । यस्तै आनन्द पोलिक्लिनिकले इकोकार्डियोग्राफी (मुटुको जाँच),डिजिटल एक्सरे,अल्ट्रा साउण्ड लागएका अन्य सेवा पनि दिदैँ आएको छ ।

‘हाम्रो यहाँ पेटको इन्डोस्कोपी लगाएत अन्य थुप्रै सेवा उपलब्ध छन् ।’संचालक भट्टले भने ‘ यहाँ प्रत्यक दिन हाडजोर्नी,स्त्रि तथा पेटछाती र मुटु रोग विशेषज्ञ डाक्टरहरु सेवा दिइरहेका छन् ।

ताजा समाचार