कञ्चनपुरबाट निर्वाचित एमालेका चारै जना प्रदेशसभा सांसद नेकपा एकीकृत समाजवादीमा

महेन्द्रनगर । कञ्चनपुरबाट निर्वाचित एमालेका चारै जना प्रदेशसभा सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

आइतबार कञ्चनपुरबाट निर्वाचित एमालेका प्रदेशसभा सांसद तथा पूर्वराज्यमन्त्री प्रकाश रावल र तारालामा तामाङले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

सामाजिक विकास मन्त्री लाबहादुर खड्का र कुलविर चौधरीले भने पहिलेनै नेकपा एकीकृत समाजवादीमा सनाखत गरिसकेका थिए ।

यो संगैँ सुदूरपश्चिम प्रदेशसभामा एमाले भन्दा नेकपा एकीकृत समाजवादी ठुलो बनेको छ ।

माधव नेपाल निकट रहेका एमाले उपाध्यक्ष भीम रावलले अन्तिम समयमा नेपालको साथ छोडेर केपि ओली समुहमा लागेपछि सुदूरपश्चिममा रावलका विश्वास पात्र समेतले रावलको साथ छाडेका छन् ।

रावलका विश्वास पात्र मानिएका सांसद तथा नेता कार्यकर्ताले समाजवादी रोजेपछि सुदूरपश्चिममा रावललाई ठुलो झट्का लागेको एक नेताले बताए ।

ताजा समाचार