प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ९८ करोडभन्दा बढी जम्मा: प्राधिकरणलाई १ अर्ब उपलब्ध

प्रकाशित मिति:

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपियाँ मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपियाँ रहेको छ। यसैगरी दुईवटा वाणिज्य बैंकका खातामा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य सञ्चालन गर्न कोषबाट एक अर्ब रुपियाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा गरिसकिएको कार्यालयले जनाएको छ। बाढीपछि सरकारले राहत र पुनर्स्थापनामा सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम सङ्कलन भई कोषमा दाखिला भएको हो।

ताजा समाचार