दबाब र प्रलोभनमा पारेर नेतृत्वमा पुग्‍न चाहनेहरुलाई चुनौती दिन मेरो उम्मेदवारी:आशिष खत्री

महेनद्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भदौ १८ बाट सुरु भइसकेको छ । पार्टीले निर्धारण गरेको कार्यतालिकाअनुसार कञ्चनपुरलगायत सुदूरपश्चिमका चार जिल्लाहरुमा गाउँपालिका/नगरपालिका वडा अधिवेशनअन्तर्गत सम्पन्न भइसकेको छ ।

गाउँपालिका/नगरपालिका वडा अधिवेशन सम्पन्न भएसँगै अब सवैको ध्यान गाउँपालिका/नगरपालिका सभापति को–को बन्छन् भन्नेमा केन्द्रित छ । भदौ २७ गते हुन गइरहेको गाउँपालिका/नगरपालिका अधिवेनका लागि भीमदत्त नगरपालिकाको नगर सभापतिमा युवा नेता आशिष खत्री आकांक्षी देखिएका छन्।

उनले पार्टीलाई थप सक्रिय र सशक्त बनाउन आफूले नगर सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन्। पार्टीका अग्रज र युवालाई एक साथ डो¥याएर लैजान सके पार्टी मजबुत हुने पनि बताए।
मतदातालाई दबाब र प्रलोभनमा पारेर नेतृत्व चयन गर्न आशामा बसेकाहरुलाई चुनौती दिन पनि आफू चुनावी मैदानमा उभिएको उनको भनाइ छ।

‘राजनीति धेरै हकमा योग्यताले पनि मान्छेको निर्भर गर्छ र आसन्न १४ औं महाधिवेशनमा बौद्धिक रुपमा प्रत्येक वडाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु स्वविवेकी र अनुभवी हुनुहुन्छ,’ युवा नेता खत्रीले भने, ‘उहाँहरुले क्रियाशिल सदस्यता लिएको २० औं वर्ष पूरा भइसकेको छ । उहाँहरुलाई कुनै दबाब वा प्रलोभनमा पारेर नेतृत्व चयन गर्न सकौँला भनेर कसैले आश गरेको छ भने त्यो आशलाई चुनौती दिन मैले उम्मेदवारी दिन लागेको हुँ।’

उनले पार्टीलाई थप सक्रिय र बलियो कसरी बनाउन सकिन्छ भन्ने कुरा आत्मसाथ गरेर आफू अगाडि बढ्ने पनि बताए।

‘मैले क्रियाशील सदस्यता लिएको २५ वर्षपछि उम्मेदवारी अघि सारेको हुँ। पार्टीमा मेरो अनुभवलाई, पार्टीका अग्रजहरुको साथलाई र युवा पुस्तालाई आफूसँग डो¥याएर लग्न सक्ने सम्भावना देखेर उम्मेदवार बनेको हुँ,’ युवा नेता खत्रीले भने।

ताजा समाचार