‘निति नियममा टेकेर निष्पक्ष तरिकाले काम गरेको छु’

कञ्चनपुर जिल्लाको सदरमुकामस्थित भीमदत्त नगरपालिका राजधानी काठमाडौंबाट ७५० कि.मी. को दुरीमा रहेको छ । जिल्लामा स्थित ९ स्थानिय तहमा सात वटा नगरपालिका मध्ये सबैभन्दा जेठो भीमदत्त नगरपालिका हो । तत्कालिन हेन्द्रनगर पञ्चायतको रुपमा वि.सं. २०३४ सालमा भूजेला,सिद्धनाथ र आदर्श गाँउ पञ्चायतका सम्पुर्ण भाग तथा सुडा र ऐरी गाँउ पञ्चायतको आंशिक भू–भाग मिलाई गठन भएको हो । वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात महेन्द्रनगर नगरपञ्चायत बाट नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रि परिषदको निर्णयानुसार (शहिद भीमदत्त पन्तको सम्मानस्वरुप उहाँको नाममा) यस नगरपालिकालाई भीमदत्त नगरपालिका नामाकरण गरियो । हाल १९ वडा रहेको यो नगरापालिकामा नेपाली काँग्रेस बाट निर्वाचित सुशिला चन्द सिंह हुनुहुन्छ । चन्दले ंविधानअनुसार न्यायिक समिति लगाएतका समितिको संयोजकका रूपमा पनि काम गरिरहनु भएको छ । राजनीतिक व्यक्तिलाई न्याय सम्पादनको जिम्मा पाएको चार वर्षको काम, अनुभव, मूल्याङ्कन र समग्र नपालिकाको बारेमा पत्रकार देवेन्द्र खड्काले गर्नुभएको कुराकानीः

स्थानिय निकायमा निर्वाचित हुनुभएको ४ वर्ष भयो । यी ४ वर्षको समिक्षा कसरी गर्नु हुन्छ ?

स्थानिय निकायमा निर्वाचित भएको अब हामीलाई ४ वर्ष पुगिसकेको छ । हिजो २० वर्ष सम्म हाम्रो समाज हाम्रो देश विभिन्न किसिमका समस्या संग संघर्ष गर्दै आइरहेको थियो । जसमा राजनितिक एजेण्डाहरु,विभिन्न किसिमका समाजिक हिंसात्मक गतिविधिहरु देखी लिएर एउटा राजनितिक भावनाले राजनितिक सिंद्धान्तले एउटा समाजको संरचानालाई समेट्न सकेको थिएन । जसरी हामीले त्यही विचमा १० वर्षे जनयुद्धकालपनि भोग्नु पर्यो,ततप्रश्चात सबै नेपाली जनता,दाजुभाई दिदिबहिनीहरु र सबै पार्टीहरुको सहयोगबाट,सबै दलहरुको मिलोमतोबाट हामीले त्यो १० वर्षे जनयुद्धकालको पनि अन्य गरेर एक किसिमको शान्ती सुरक्षित समाजदेखी लिएर एउटा समृद्धिको पाटो तिर अन्तरीम संबिधानलाई सम्बोदन गरेर अगाडी बढेको अवस्था रह्यो । ततपश्चात २०६४ सालमा नेपालको पहिलो संविधान सभा निर्वाचन भयो तर त्यतिकै सफल हुन सकेन र दोस्रो संविधान सभाको निर्वाचन पश्चात जुन तीन तहको सरकार स्थानिय,प्रदेश र संघ सरकारको संरचना हामी माझ आयो ।

त्यस अनुरुप स्थानिय तह संचालन ऐन,स्थानिय सरकार र जनप्रतिनिधिहरु संगका एकल अधिकारहरु जुन अधिकारहरु पालना गरी भीमदत्त नगरपालिका अगाडी बढीहरको छ । जसमध्ये पहिलो कुरो त भीमदत्त नगरपालिकाको चौतर्फी विकाशको आधार,एउटा जगल बसेको छ । ४ वर्ष विचमा भएका गतिविधिहरु,विकास तथा समाजिक सुधार देखी लिएर भीमदत्त नगरपालिकाको चौतर्फी विकासका क्षेत्रमा नगरपालिकाले धेरै फड्को मारीसकेको छ । नगरपाकिलाका गतिविधिहरु कसरी सुधार गर्ने भन्ने कुरामा विभिन्न विज्ञ टिमहरुबाट र विभिन्न क्षेत्रमा शिक्षा स्वास्थ्य,सामाजिक सुरक्षाका कुराहरु देखी लिएर विभिन्न चौतर्फी विकासका कुराहरुलाई सम्बोदन हुने खालको विज्ञ टिमलाई सल्लाहकारको रुपमा भीमदत्त नगरपालिकाले नियुक्त गरेकोे छ । उहाँहरुको सरसल्लाह अनुसार भीमदत्त नगरपालिका निति नियमलाई अक्सरश पालना गरेर अगाडी बढेको कुरा छ ।

संगसंगै यसमा चुनौतीको कुरा छन् । २० वर्षमा एउटा विकाशको आभाष गर्न नपाएका हाम्रा दाजुभाई दिदिबहिनीहरुका इच्छा आकांक्षाहरु सिमित रहे । हामी संग ती इच्छा आकांक्षा तथा समस्याहरुलाई समाधान गर्नका लागि स्रोतसाधनहरु कम भएको हुनालेपनि भने जस्तो,सोचेजस्तो,नहुन सक्यो होला ? तरपनि हामीले पाएको अधिकार र हामी संग भएको स्रोतसाधन अनुसार विभिन्न तहगत रुपमा दिर्घकालिन, मध्यकालिन,तत्कालिन अब तत्काललाई के समस्या छ त्यो समस्यालाईपनि समाधान गर्नुपर्ने हुन्छ र मध्यकालिन पनि ध्यान दिएर अगाडी बड्न पर्छ र ढिगो खालको यसले भोली लामो समय सम्म यसको परिणाम राम्रो रहोस् भन्ने खालको कुरालाईपनि हामी योजनावद्ध तरीकाले अगाडी बढ्नु पर्ने हुन्छ । ती तीन ओटै एजेण्डाहरुलाई लिएर भीमदत्त नगरपालिका अगाडी बढिराखेको छ । पहिलो कुरा त नितिगत नियमलाई अध्ययन गरेर अक्सरश पालना गर्नुपर्ने पहिलो दायित्व हामीहरुको हुन्छ ।

यद्यपी काम गर्दा विवाद, असन्तुष्टहरु धेरै जनतामाझ धेरै होलान तर त्यो सोचे जस्तैपनि कहिनिर नगर्न सकिने कुराहरु हुन्छन् । त्या मापदण्ड हुन्छ,विधानहरु बनाइएका हुन्छन्, कार्यविधि बनेको हुन्छ, र त्यसमा टेकेर काम गर्दा नितिगत रुपमा हामी सन्तुष्ट रहेका हुन्छौ र कहिनिर अब हामी एउटा राजनितिक दलबाट छनौट भएर,टिकट पाएर जनतामाझ हुमिएर यो ठाउँमा आएको हुनाले हाम्रा पक्षले हाम्रा आफन्तहरुले अलि दुईलाई थपेर चार बनाइदिए हुन्थ्यो,पाँचलाई थपेर छ बनाइदिए हुन्थ्यो भन्ने खालका आकांक्षाहरु पुरा नहुदाँ पनि कहिनिर जनतामाझ अलि फरकखालको अफवाह जान्छ । गर्न सकेन,गरिदिएन, वास्ता गरेन भन्ने खालका कुराहरु थुप्रो छन् । त्यो अब एउटा चुनौतीका रुपमा आइरहेका छन् । त्यो कुरा,यो विधिविधानलाई पनि सबैले अध्ययन गर्नुपर्ने हुन्छ र सबैले बुझन जरुरी छ भन्न म चाहन्छु । कीनकी अब निति नै हामीले मानेनौ भने हाम्रा लागि विधान कीन त ? यत्रो संघर्ष गरेर हामीले किन यो तयार गरेका हौ त भन्ने खालका कुरापनि रहे र एक किसिमको एउटा समृद्धि,स्वस्छ,शान्ती,शिक्षित सभ्य समाज निर्माण गर्नका लागि पनि हामीले नितिनियमहरु पलना गर्नुपर्ने हुन्छ । अर्को कुरा जुन बेला भीमदत्त नगरपालिकाको उप–प्रमुख भइसके पश्चात नितिनियम अनुसार जुन उप–प्रमुखका एकल अधिकारहरु छन्, जिम्मेवारीहरु छन् त्यसमा टेकेर काम गरिरहेको अवस्था छ ।

नरपालिकाले केन्द र प्रदेश सरकारले बनाएका राजपत्रहरु,दिएका निर्देशनहरु र नितिनियमहरु अनुसार जुन हामीले यहाँ कार्यविधि तथा ऐन कानुन बनाएका छौ र ततपश्चात जिम्मेवारी अगाडी बढाएका छौ । उप–प्रमुखको जिम्मेवारी थुप्रो
छन् । जसरी न्यायिक समितिको संयोजक,योजना तथा कार्याक्रम अनुगमनको संयोजक,राजश्व परामर्श समितिको संयोजक,अपाङगता परिचय पत्र वितरण गर्ने समितिको संयोजक,खाद्य सुरक्षा तथा अधिकार अनुगमनको संयोजक देखी लिएर विविध कुराहरु छन् । सानातिना कुराहरुमा पनि उप–प्रमुखको संयोजगत्वमा वा निर्णय परामर्श गरेर अगाडी बढ्ने कुराहरुपनि हुन्छन् । यी आफ्ना जिम्मेवारी पाएको अधिकार र नितिनियमका टेकेर बहन गरिरहेको छु ।

पीडितलाई न्यायिक समितिबाट वास्तविक न्याय दिएका छौँ भन्ने लागेको छ ? न्यायिक समितिको कामलाई थप प्रभावकारी बनाउन के गर्न आवश्यक छ ?

न्यायिक समितिमा ४ वर्ष सम्मकाम गर्दा मलाई त सहि किसिमको काम गरे जस्तो लाग्छ । किनकी अब यहाँ सन्तुष्ट नभएको मान्छे हामीभन्दा मल्लो निकाय अदालतमा हो जाने र अरु धेरै जसो हामी यतै मेलमिलापबाटै मिलाउछौ । उहाँहरु संग परामर्श गरेर र भोलीको समाजकोबारे विस्तृत जानकारी दिएर, मिलेर गए यस्तो हुन्छ,यो भन्दामाथी अदालत गएपछि यस्तो हुन्छ,सबै आर्थिक,भौतिक कुराहरुलाई हामीले बुझाएर मिलाएर निति नियममा टेकेर काम गरेको अवस्था छ । र यसमा चुनौती भनेको हामीले न्यायिक समिति बाट मेलमिलाप गरेर पठाउनुपर्ने तर हाम्रा दाजुभाई दिदि बहिनीहरुले फरक खालको बुभेका छन् की न्यायिक समितिमा गएपछि हामीले भोट दिएकाजनप्रतिनिधि हुनुहुन्छ,मलाई न्याय पाइन्छ,मैले कुनै किसिमको प्रक्रिया,मापदण्ड नपु¥याएर मैले न्याय पाउछु की भन्ने खालको एउटा सोच छ । त्यो सोच र आशाले आउनुहुन्छ यता तर विधिविधान फरक छ ।

हामिले यहाँ आइसकेपछि दुइपक्षमा उहाँ पिडित हो पनि भन्न पाउदैनौ र पिडकलाई तपाईले उहाँमाथी अन्याय गर्नु भएको छ पनि भन्न मिल्दैन तर यहाँ कस्तो समस्या आउछन् भने जग्गाको भागबण्डाका विवाद बढी आउछन् । एउटा दुई विघा जमिन भएको ठुलो हुने खाने र अर्को पाँच धुर जमिन भएको एउटा न्यून अवस्था कमजोर व्यक्ति यहाँ हामीकहाँ मेलमिलापमा विवाद आउछ भनेपछि त्यो विवाद समाधान गर्नका लागि सबैभन्दा पहिला त कमजोर मान्छे,गरीबीका कारणले, विभिन्न पहुचका कारणले कमजोर हुन्छ । अनि त्यही कमजोर माछे जहाँपनि समस्यामा परेको हुन्छ, त्यहाँ निर २ विघा भएको मान्छेले मिल्न मान्दैन, म मान्दैन म अदालत नै जान्छु भन्छ र त्यो ५ धुर भएको जमिनको मान्छेले त अदालत गयो भने त्यो भन्दा बढी खर्च लाग्छ । र त्यो भन्दा त जग्गा छोड्दिन्छु भन्ने खालको समस्या अवस्था उहाँहरुमा आउँछ । मेलमिलाप भएन भनेपछि त जबरजस्ति गर्नु भएन,तपाई दुई विघा भएको धनी हो र उहाँ कमजोर हो तपाईले उहाँलाई त्यो जग्गा छोड्नु पर्छ,मिल्नु पर्छ भन्ने खालको एउटा अधिकार,जिम्मेवारी नदिएको हुदाँपनि न्यायिक समिति यसरीपनि ओझेलमा परेको छ ।

यदि न्यायिक समितिलाई उहाँलाई पिडा दिनु भएको छ । योे कारणले पिडा दिनु भएको छ भनेर हामीले पिडकका कारणमात्र अल्याउन मात्र पाएपनि त्यहाँनिर पिडित पक्षले न्याय पाउथ्यो की भन्नेपनि महशुस भइरहेको छ । विविध कुराहरु छन् शिर्षक न्यायिक समिति भनेर दिइदियो तर समस्याहरु त्यहाँ भित्र भएका कुनैपनि समाधान नहुने खालका छन् । यो पनि राज्यले सुधारेर लैजानु पर्ने भएको छ । किनकी न्यायिक समितिका यस्ता विषयहरुलाई छलफल,अनुगमन गरेर सुधार्नु पर्ने छ ।

तपाई योजना तथा कार्यक्रम अनुगमन समितिको संयोजक पनि हो । के नगरपालिकाले आफ्ना योजना तथा कार्यक्रम मापडण्ड अनुसार नै गरेको छ त ?

यो सबै भन्दा जटिले जिम्मेवारी हो । अब जसरी उप–प्रमुखहरु कुनैपनि विषयगत शिक्षा हासिल गरेर कोही पनि आउनु भएको हुदैँन । एउटा राजनितिक नारा,समाजबाट,समाजले पत्याएर आएको व्यक्ति हो । यता अब योजनाका कुराहरु योजनालाई अनुगमन गर्ने र अनुगमन गरेर यो ठिक छ ठिक छैन भन्ने पनि अलि चुनौतीपूर्ण नै रहेको छ । किनकी त्यही स्थानिय तहको प्राविधिकहरु त्यसको जग हाल्नु हुन्छ,त्यो फाउण्डेशन तयार गर्नुहुन्छ,मात्रा के हो आधार के हो सबै उहाँहरु तयार गर्नु हुन्छ । र उहाँहरुलाई नै अनुगमन गर्न लैजादाँ खेरी उहाँले गलत भएपनि गलत छ त भन्नु हुन्न,र त्यसैले हामी भन्दा मल्लो तह समन्वय समितिमा एक जना विज्ञ प्राविधिक जो कुनैपनि पालिकाहरु संग नजोडिएको हुनुपर्ने हो । यहाँ त सहिलाई सहि,गलतलाई गलत भन्नदापनि उप–प्रमुखको बुझाई के हो त ? भनेर फरक किसिमको विश्लेषण हुने भएकोले सहि बोल्नपनि यहाँ गाह्रो भइरहेको छ । उपप्रमुखलाई प्राविधिक ज्ञान हुदैन र अनुगमनमा जाँदा जस्ले त्योकामको जग हालेको हो त्यही प्राविधिकलाई लिएर जानुपर्ने अवस्था भएकोले कस्तो काम भएको छ भन्ने कुरा थाहा हुदैन ।

कृषकहरुका लागि नगरपालिकाले के गरिरहेको छ । किसानले समयमै मलखाद किन पाउँदैनन् ?

यहाँ नजिकै छिमेकी राष्ट्र भारत संगको खुला नाका छ । र अब जे आवश्यक हो त्यो कुरालाई रोक लगाइदिएको छ । जे कुरा चाहिदैन त्यो कुरा यहाँ अवैद रुपमा पनि ल्याइन्छ । जस्तो मलखादको कुरा जोड्छु भारतबाट हामीलाई उनिहरुले २÷३ वर्ष चिस्यानमा राखेका फलफुलहरु,साग तरकारीहरु,विषादी प्रयोग गरिएका खाद्य बस्तु ट्रकका ट्रक नेपालमा ल्याउन मिल्ने र यहाँका कृषकहरुले फलाएका साग तरकारी खाद्यान्न किन्ने बेच्ने बजार पाएका छैनन् । कृषकहरुलाई प¥याप्त रुपमा नेपाल सरकारले मलखादको पनि व्यवस्था गर्न नसकेको र भारतबाट मलखाद किनेर ल्याउन रोक लगाइएको अवस्था छ । केही अवैद सामान भएर आइरहेको हुन्छ,अनि वैधानिक तरिकाले छैन भनेपछि त्यतिको झनझट गर्नु भन्दा भन्सारमा एउटा क्वारेन्टाइन राखेर त्यसको मापदण्ड लागु गर्ने कर्मचारीहरु सहितको कार्यालय राख्दिएपछि,यस्ता कुराहरुलाई आउनदिएपनि हाम्रो समिति त्यो संगपनि जोडिएको हुन्थ्यो र यो कुरामा पनि राज्यको ध्यान जाहोस् । र हामी स्थानिय वासी भएको कारणलेपनि यी विषयमा बोल्न जरुरी छ ।

बजारमा अखाद्य बस्तु छ्याप–छ्याप्ती छन् । किन ?

यसमापनि चुनौती छ । यहाँ कुरा हामीले अनुगमनका गरिहेका छौ । तर सहि कुरा गर्न दिइएको छैन । हाम्रो यो महेन्द्रनगर बजार भरी जम्मै अवैद सामान छन् । जो बैल कोल्हु तेल भारतमा किनबेच गर्न व्यान्ड लगाइएको छ त्यो तेल यहाँ विक्री वितरण गरिन्छ । त्यस्ता अखाद्य सरमाग्रीहरुलाई पहिले त सरकारले त्यसलाई रोक लगाउनु पर्यो नि त,भन्सारमा सहि,उचित खालको क्वारेन्टनइन राख्नु पर्छ र चेकजाँच गरेर मात्र खाद्यवस्तु भित्राउनु पर्ने हो । त्यसपछि अनुगमनका कुरा हुन्छन् । अब यी कुरालाईपनि राज्यले सहि निति बनाएर अगाडी बढ्नु पर्छ भन्न चाहन्छु ।

नगरापकिलाका अन्य जनप्रतिनिधि र कर्मचमरीहरु संगको सम्बन्ध कस्तो छ ?

एक अर्काको सहयोगमा नै हामीले काम गर्ने हो । नगरपालिका जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगमा नै हामीले सबै काम गर्छौ । कुनैपनि काममा म एक्लै हुने होइन प्रत्यक समिति तथा जिम्मेवारीमा अरु जनप्रतिनिधि र कर्मचारीहरु पनि हुन्छन् । सबैमा एक किसिमको समझदारीको वातावरण पनि छ । त्यस्तो अब विवादको कुरा कहिपनि छैन । सहि रुपले सबैले आफ्ना आफ्ना जिम्मेवारी बहन गरेको अवस्था छ ।

केही मान्छेले उप–प्रमुखले काम गर्न सक्नु भएन भन्ने आरोप लगाउने गरेका छन् नि,के भन्नु हुन्छ ?

सोचेजस्तो काम भनेको के हो त्यो त मलाई थाहा छैन हैन । उप–प्रमुखका जिम्मेवारी बहन गर्दाखेरी कहिकतै कमिकमजोरी भएपछि यो गर्न सकेन भन्ने कुरा रह्यो । मैले मेरा जिम्मेवारी र अधिकारका आधारमा काम गरेको छु । अब त्यसमा कहिनिर के हुन्छ भन्दाखेरी समाजस्तरका लागिपनि केही कुराहरु गर्नुपर्ने देखिन्छ र त्यसमा अब अल्पमत बहुमतको कुरा उठिहाल्छ,समर्थन र विरोधको कुरा उठिहाल्छ, त्यहानिर म जुन पार्टीबाट निर्वाचित भएकी छु त्यो पार्टीको हाम्रो जनप्रतिनिधिहरु कमपनि छौ । हामीले नगरपालिकाका चित्त नबुझेका केही कुराहरु रोक्न सकेनन् भन्नेखालको गुनासो होला तर हामी अल्पमतमा छौ र बहुमतको निर्णय हुन्छ र त्यसरी त्यो काम अगाडी जान्छ । रोक्न सकिने कुनै आधारपनि छैन र अधिकारपनि छैन । तर त्यो सबैले बुझिदिनु पर्ने कुरा हो ।

आगामी दिनमा भीमदत्त नगरपाकिलालाई समृद्धि र सुखी बनाउन के गर्नु पर्ला ?

आगामी दिनमा अब हामीले ७८ वटा जति कार्यविधिहरु बनाइसकेका छौ । विना कार्यविधि र विना ऐनकानुन नबनाई अगाडी बढ्न सकिदैन त्यसैले पहिला हामीले विभिन्न विषय र विभिन्न क्षेत्रका कार्यविधि बनाएका छौ । अब ती विषयलाई लागु गर्नका लागि एउटा आधार तथा भीमदत्त नगरपालिकाको प्रोफाइल तयार पारेका छौ । र अब कुन ठाउँमा कसरी अगाडी बढ्ने भन्नेमात्र छ । सबैठाउँमा सबैभन्दा ठुलो भनेको नियम कानुननै हो । त्यो बनाइसकेका छौ र सगसंगै जनाकारी,जनचेतनाका कुराहरुदेखी लिएर विभिन्न शिक्षा,स्वास्थ्य,खानेपानी देखी सबै खालका आधारभुत समस्यालाई समाधान गर्दै सबैलाई जनचेतना जगाउँदै अगाडी बढेपछि हामी सबैकुरामा अब्बल रहन्छौ र भोली सिंगो भीमदत्त नगरपालिका एउटा सबै दृष्टिकोणबाट स्मार्ट तथा सुन्दर नगर बन्न सक्छ ।

ताजा समाचार