अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा कैलाश चन्द्र गिरी

महेन्द्रनगर: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा कैलाश चन्द्र गिरी सर्वसम्मत चयन भएका छन ।

बुधबार महेन्द्रनगरमा सम्पन्न भएको अखिल क्रान्तिकारी कञ्चनपुरको १३औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा गिरी सर्वसम्मत भएका हुन । गिरीको अध्यक्षतामा १३ कार्यसमिति सदस्य र ६५ जिल्ला सदस्य चयन गरिएको क्रान्तिकारी नेता गणेश राज मिश्रले जानकारी दिएका छन् । उनका अनुसार कार्यसमिति सदस्य तर्फ प्रेम रावल, किशोर भट्ट, तिलम माल, भुवन विष्ट, शुनिल सेटी, सुरेश भट्ट, दिपकराज अवस्थी, डम्बर कुँवर, दल ब. धामी, रेशम चौधरी, लाल बहादुर वि.क. रहेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा चयन भएका विद्यार्थी नेता गिरिले विद्यार्थीको हक-हितका साथै जिल्लाको शैक्षिक सुधारका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

झण्डै एक दशक बढि समयदेखि क्रान्तिकारी विद्यार्थी आन्दोलनमा होमिएका नेता गिरीले संगठनले दिएको जिम्मेबारी निर्भिकतामा साथ पुरा गर्ने प्रण गरेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका निर्वतमान अध्यक्ष बिरेन्द्र राज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश इञ्चर्ज खगराज भट्ट (बिनोद) प्रमुख अतिथि रहेका थिए।

उक्त कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द् बस्नेत, केन्द्रीय सदस्य भीम भट्ट लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज