श्रीलंकाका दिलशान मुनाविराले ईपीएल खेल्ने

श्रीलंकाका दिलशान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् ।

विराटनगरले शनिबार दिलशानलाई चौथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षीय दिलशानले श्रीलंकाका लागि १३ टी-२० अन्तर्राष्ट्रिय र २ एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् ।

विराटनगरले यसअघि जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजा, क्यानडाका रेयानखान पठान र वेस्ट इन्डिजका हेमराज चन्द्रपललाई अनुबन्ध गरेको थियो ।

चौथो संस्करणको ईपीएल यही असोज ९ देखि २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ ।

ताजा समाचार