महााधिवेशन प्रतिनिधिमा युवा नेता जोशीको उम्मेद्धवारी

महेनद्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भदौ १८ बाट सुरु भइसकेको छ ।

पार्टीले निर्धारण गरेको कार्यतालिकाअनुसार कञ्चनपुर लगायतका जिल्लाहरुमा गाउँपालिका/नगरपालिका वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

वडा अधिवेशन सम्पन्न भइसकेपछि नेताहरु नगरसभापति देखी महाधिवेशन प्रतिनिधि सम्मका पदहरुमा आफ्नो उम्मेद्धवारी घोषणा गरिरहेका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर २ बाट युवा नेता दिपक कुमार जोशीे महाधिवेशन प्रतिनिधिको दौडमा छन् । पार्टीलाई थप सक्रिय र सशक्त बनाउन आफूले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने तयारी गरेको युवा नेता जोशीले बताए ।

उनले भने ‘केन्द्रमा सहि नेतृत्व चयन गर्न र पार्टीलाई थप सक्रिय र बलियो बनाउन मैले महाधिवेशन प्रतिनिधिमा उम्मेद्धारी दिने तयारी गरेको छु ।’

May be an image of Dipak Joshi and text

ताजा समाचार