सेती अस्पतालमा उपचारत थप २ जना कोरोना संक्रमितको मृत्यु

महेन्द्रनगर । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बझाङको सुर्मा गाउँपालिका–४ का ७७ वर्षिय पुरुष र सोही गाउँपालिका वडा नम्बर २ का ४० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

यो संगै सेती प्रादेशिक अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९४ पुगेको छ ।

No photo description available.

ताजा समाचार