कञ्चनपुरमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ६६ पुगेको छ । जिल्लामा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्थित महाकाली प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको भीमदत्त नगरपालिकाका पाँच, दोधारा–चाँदनी नगरपालिकाका तीन,पुनर्वास नगरपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै लालझाडी गाउँपालिकाका चार, बेदकोट नगरपालिकाका र कृष्णपुर नगरपालिकाका एक÷एक जनामा गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म १ सय ९३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

ताजा समाचार