दिल्ली अदालतभित्र गोलीबारी, तिन जना मारिए (भिडियो सहित)

नयाँ दिल्ली: दिल्लीका मोस्ट वान्टेड गैंगस्टर जितेन्द्र उर्फ गोगीलाई शुक्रवार रोहिणी अदालतमा दिल्लीमा गोली हानि हत्या गरिएको छ। वकिलको पोशाकमा आएका आक्रमणकारीहरुले जितेन्द्रमाथि गोली चलाएका थिए र उनको घटनास्थलमै मृत्यु भएको थियो।

यो घटना रोहिणी अदालत नम्बर २०६ मा जितेन्द्रलाई न्यायाधीश समक्ष पेश गर्ने बेला भएको हो ।

दिल्ली पुलिसको स्पेशल सेलले गोली हानाहानमा दुई आक्रमणकारीलाई मारेका छन् । आक्रमणकारीहरु टिल्लू ताजपुरिया गिरोहका हुन सक्ने अनुमान गरिएको छ।

गोली हानाहानमा तीन जनाको मृत्यु भएको छ भने एक महिला वकिल घाइते भएकी छन्। घटनाको क्रममा करिब ३५-४० राउण्ड गोली हानिएको थियो।

दिल्ली पुलिस कमिश्नर राकेश अस्थानाले भने, “गैंगस्टरहरुलाई गोली हानिएको छ। दुई जना वकिलको पोशाकमा आएका थिए। पुलिसले उनीहरुलाई जवाबी हमलामा निष्प्रभावी बनाएको छ। तीन कारणहरु रिपोर्ट गरिएको छ।”

घटनाका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् जसमा वकिलहरु भवन बाट बाहिर निस्कन लागेको र बन्दुक फायरिंग को आवाज सुन्न सकिन्छ।

यस अघि २०२० मा गोगीको गिरफ्तारीको क्रममा ठूलो मात्रामा कारतूस र हतियार बरामद भएको थियो। गोगीको बारेमा जानकारी दिनेलाई दिल्लीमा ४ लाख र हरियाणामा २ लाख रुपैयाँ पुरस्कार राशी पनि घोषणा गरिएको थियो।

गैंगस्टर जितेन्द्र उर्फ गोगी

गोगीको नाम चर्चित हरियाणवी गायिका-नर्तक हर्षिताको हत्या प्रकरणमा पनि रहेको थियो। आम आदमी पार्टीका नेता वीरेन्द्र मानको कथित रुपमा नरेला भन्ने ठाउमामा गोगी गिरोहका सदस्यहरुले गोली हानी हत्या गरेका थिए।

२०१८ मा, बुरारी भन्ने ठाउमा गोगी र टिल्लु गिरोहका सदस्यहरु बिच ग्याङ्ग फाइट भएको थियो जसमा ३ जना मारिएका थिए भने ५ जना घाइते भएका थिए।

जितेन्द्र गोगी गिरोहसँग प्रतिस्पर्धा गर्ने टिल्लु ताजपुरिया गिरोहले रोहिणी अदालतमा आक्रमण गरेको मानिन्छ।

हाल मण्डोली जेलमा थुनुवा टिल्लु ताजपुरियाले आफ्नो जेलको कक्षबाट यो योजना बनाएको आशंका गरिएको छ। स्रोतका अनुसार जेल बाहिर टिल्लु ताजपुरिया गिरोहका सदस्यहरुलाई गोली हानाहान गर्न पठाइएको थियो।

दिल्ली पुलिसले टिल्लु ताजपुरियासँग यस मुद्दाको सम्बन्धमा चाँडै सोधपुछ गर्न सक्ने स्रोतले बताएको छ

ताजा समाचार