तिन दिने टेस्ट क्रिकेटको पहिलो दिन, खप्तड इन्डोर-XI ४० रनले अगाडी

महेन्द्रनगर: “पछ्याण वेअर्स ३-डे टेस्ट म्याच” को पहिलो दिनको खेल सकिएको छ।

आज महेन्द्रनगर स्थित कभर्ड हलको खेल मैदानमा बिहान ९ बजेबाट सुरु भएको उक्त खेलको पहिलो दिनमा नागार्जुन स्कुल-XI का कप्तान हेमन्त धामीले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन्।

Team Nagarjun School XI

आफ्नो पहिलो इन्निंगमा सबै विकेट गुमाउदै ७० रन स्कोर बोर्डमा जोडेको नागार्जुन स्कुल-XI का खेलाडी समिर बिस्टले जानकारी दिए।

Team Khaptad Indoor XI

त्यस्तै खप्तड इन्डोर-XI ले आफ्नो ८ विकेट गुमाउदै ११० रन बनाएको छ। ४० रनले अगाडी रहेको खप्तड इन्डोर-XI ले बाकि खेल भोलि बिहान ९ बजे बाट खेल्ने छ।

ताजा समाचार