नागार्जुन स्कुल – XI बन्यो तिन दिने टेस्ट को बिजेता

महेन्द्रनगर: महेन्द्रनगर स्थित कभर्ड हल खेल मैदानमा भएको तिन दिने “पछ्याण वेअर्स ३-डे टेस्ट म्याच” को उपाधि नागार्जुन स्कुल-XI ले हात परेको छ। ।

गत शनिबार बाट सुरु भएको उक्त खेल ३५ रनले जित्दै नागार्जुन स्कुल – XI ले उपाधि आफ्नो हात पारेको खप्तड इन्डोर-XI का कप्तान सुशील खड्काले एकपत्र लाई जानकारी दिए ।

नागार्जुन स्कुल – XI ले खप्तड इन्डोर – XI को सामु १६० रनको लक्ष्य राखेको थियो । सोहि लक्ष्य पछ्याउने क्रममा खप्तड इन्डोर – XI ले ४२.३ ओभरमै आफ्नो सबै विकेट गुमाउदै १२४ रन मात्र बनाउन सफल भएको थियो ।

खेलका म्यान अफ द म्याच नागार्जुन स्कुल – XI का आशिष भट्ट भएका छन् । उनले २३.३ ओभर बलिङ्ग गर्दै ३४ रन खर्च गरि ८ विकेट लिएका थिए।

यो खेल मैत्रीपूर्ण भएपनि महेन्द्रनगरमा टेस्ट क्रिकेटको अभ्यास सुरु भएको र यसले क्रिकेटको छेत्रलाई अझ माथि उकास्न मदत पुर्याउने खेल प्रमिहरुको भनाई रहेको छ ।

ताजा समाचार