दोधारा चाँदनीमा वडाध्यक्ष डे-नाइट क्रिकेट आयोजना हुदै

सुरेश भट्ट
महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादनी नगरपालिका वडा नम्बर २ मा वडाध्यक्ष डे नाइट क्रिकेट प्रतियोगीता आयोजना हुने भएको छ ।

दोधारा चादनी नगरपालिका वडा नम्बर २ को आयोजनामा असोज २५ गतेबाट वडाध्यक्ष डे नाइट क्रिकेट प्रतियोगीता हुन लागेको हो ।

क्रिक्रेट प्रतियोगीता टी १० अनुसार खेलाइने र टिम दर्ता गराउने अन्तिम मिति असोज २३ गते साझ ५ बजे सम्म रहेको छ ।
डे नाइट क्रिकेट प्रतियोगीमा सहभागी हुने टिम वडा गत रुपमा मात्र सहभागी हुन पाउने छन् भने सम्बन्धित टिमले वडा भन्दा बाहिरका ४ जना खेलाडीलाई राख्न पाउने छ ।

तर विदेशी खेलाडीको हकमा भने खेलाडीको परिचय खुल्ने कागजात सहित कोरोना खोप लकाएको कार्ड अनिवार्य गरिएको आयोजक समितिका सदस्य रमेश चन्दले जानकारी दिनुभयो ।

डे नाइट प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १ सय ११ रुपया सहित ट्रफी र प्रमाण पत्र प्रदान गरीने छ । त्यस्तै उपविजेता टिमले ४४ हजार ४ सय ४४ रुपया नगद सहित ट्रफी र प्रमाण पत्र हात पार्ने छ ।

ताजा समाचार