महेन्द्रनगर । वडा प्रहरी कार्यालय महेन्द्रनगरले पैदल गस्ति थालेको छ । नजिकिदैँ गरेको दशैँ,तिहार,छठपर्व लगाएका चाडपर्वलाई लक्षित गरि जिल्ला स्थित भीमदत्त नगरपरपालिका–३,४,२ र १८ नम्बर वडाका विभिन्न क्षेत्रमा पैदल गस्ति गर्न शुरु गरिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एवम् प्रहरी निरीक्षक अमर सिंह माझीले बताए ।
‘चाडपर्वमा हुने अपराधिक घटना नियन्त्रण गर्न आजैबाट हामी पैदल गस्ति गर्न थालेका छौ ।’ प्रहरी निरीक्षक माझीले भने ‘चाडपर्व लक्षित अपराधिक घटना नियन्त्रण गर्न र यहाँको बस्तुस्थिति बुझन र सतर्कता अपनाउन गस्ति गरिएको हो ।’ उनले अगाडी थपे ‘अब हामी निरन्तर पैदल गस्ति गर्ने छौ ।’