बैंकर्स क्लब अफ लम्कीले मनायो दशैं मिलन कार्यक्रम

महेन्द्रनगर । बैंकर्स क्लब अफ लम्कीले दशैं मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कैलालीको लम्कीचुहा छेत्रमा रहेका वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको एकल संस्था बैंकर्स क्लब अफ लम्कीले आउँदै गरेको हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर क्लबमा आबद्ध सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीका लागि दशैं मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।

सो कार्यक्रमको अध्यक्षता बैंकर्स क्लब लम्कीका अध्यक्ष सुबास कँडेल ले गरेका थिए भने विशिष्ठ अतिथि सोही क्लबका वरिष्ट सल्लाहकार एबम् किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाह रहेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले सम्पूर्ण वित्तीय संस्थामा आवद्ध कर्मचारीहरु, उनका परिवारजन लगायत सम्पूर्ण हिन्दुहरुमा सुख, शान्ति एवं समृद्धिको कामना सहित बिजय दशमी-२०७८ को शुभकामना दिएका छन् ।

घटस्थापनाका दिन आयोजित उक्त कार्यक्रममा करिब ७५ जना भन्दा बढीको सहभागिता रहनुका साथै सहभागी सम्पूर्ण बैंकरहरुले एक आपसमा दशैंको शुभकामना आदान प्रदान गरेको एनएमबि बैंक लम्कीका शाखा प्रबन्धक प्रकाश चन्द्र पन्तले मितजी मिडिया लाई जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा सम्पूर्ण सहभागीहरुको लागि भोजन को पनि व्यवस्था गरिएको थियो ।

क्लबले बिगतमा पनि यस्ता कार्यक्रम हरु गर्दै आएको र आगामी दिनहरुमा पनि बैंकरहरुको व्यस्त कार्यतालिकाका बीच यस्ता प्रोग्राम हरु आयोजना गर्दै जाने क्लबका अध्यक्ष कँडेलले जानकारी दिए।

बैंकर्स क्लब अफ लम्कीमा लम्किचुहा नगरपालिका भित्र रहेका सम्पूर्ण वित्तीय संस्थाहरु आवद्ध रहेका छन्।

ताजा समाचार