महेन्द्रनगरमा सुबिधा सम्पन्न शाइनिंङ ब्युटी सलुनको उद्घाटन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित गल्लि न. १ अस्पताल रोड, महेन्द्रनगरमा सुविधा सम्पन्न ब्युटी सलुन सञ्चालनमा आएको छ । महेन्द्रनगरकै अमृता भट्टले आधुनिक सुबिधा भएको शाइनिंङ ब्युटी सलुन सञ्चालनमा ल्याएकी हुन् ।

आफ्नो खुट्टामा आफै उभिनु पर्छ भन्ने सोच भएकी अमृता बिगत लामो समयदेखि ब्युटीसियनको रुपमा काम गर्दै आइरखेकी थिइन । उनले महेन्द्रनगरका आफ्नै निजि लगानीमा ब्युटी सलुन संचालनमा ल्याएकी हुन ।

सलुनले हेयर स्टेटनिङ, केराटिन, फेसियल, थ्रेडिङ्, पेडिक्युयर, मेनिक्युयर लगायतका अन्य थुप्रै सेवाहरु दिने उनको भनाई छ ।

सलुनमा आफु लगायत एकजना स्टाफले सेवा दिने र १५ जना विद्यार्थीहरुलाई ब्युटी पार्लर सम्बन्धि तालिम पनि दिईरहेको संचालिका भट्टले जानकारी दिईन ।

ताजा समाचार