चिनिया राष्ट्रपति सीले गरे ताइवान सँग ‘शान्तिपूर्ण पुनर्मिलन’ को घोषणा

एजेन्सी: चीनका राष्ट्रपति सी जिङपिङ ले एक सम्बोधनमा ताइवान संग “पुनर्मिलन पूरा हुनु पर्छ” भनेका छन् ।

चिनियाँ जनता अलगाववाद को विरोध गर्ने “गौरवशाली परम्परा” रहेको चेतावनी सहित सी ले ‘एकीकरण शान्तिपूर्वक हासिल गर्नु पर्छ’ भनेका छन्।

जवाफमा, ताइवानको राष्ट्रपति कार्यालयले ‘टापुको भविष्य त्यहाका जनताको हातमा छ’ भनेको छ ।

ताइवान आफुलाई एक सार्वभौम राज्य मान्दछ । तर, चीनले ताइवानलाई एउटा छुट्टिएको प्रान्तको रुपमा मात्र लिएको छ।

बेइजिङले एकीकरण हासिल गर्न बल प्रयोग गर्ने सम्भावनालाई इन्कार गरेको छैन।

सीको हस्तक्षेपले पछिल्लो एक हप्तामा ताइवानको वायु रक्षा क्षेत्रमा करिब १५० चिनियाँ सैन्य उडानहरु बढेको छ।

तर १९११ मा चीनको अन्तिम शाही राजवंशलाई परास्त गर्ने क्रान्तिको ११० औं वार्षिकोत्सवको अवसरमा आएको यो भाषण जुलाईमा ताइवानमा उनको अन्तिम प्रमुख हस्तक्षेप भन्दा बढी मेलमिलापपूर्ण थियो, जहाँ उनले औपचारिक ताइवानको स्वतन्त्रताको कुनै पनि प्रयासलाई “तोड्ने” घोषणा गरेका थिए ।

ताजा समाचार