ऐठपुर युथ सोसाइटी बन्यो पहिलो इन्डोर फुट्सल प्रतियोगिता – २०७८ को बिजेता

महेन्द्रनगर। महेन्द्रनगरमा आयोजित पहिलो इन्डोर फुट्सल प्रतियोगिता – २०७८ को उपाधि ऐठपुर युथ सोसाइटी ले हात परेको छ।

भीमदत्त नगरपालिका – १५ गोवरिय स्थित खप्तड इन्डोर स्पोर्ट्स सेन्टरले ले आयोजना गरेको पहिलो ‘इन्डोर फुट्सल प्रतियोगिता – २०७८’ को फाइनल खेलमा साबित्री सन्स् बिरुद्ध ६ गोल गर्दै ऐठपुर युथ सोसाइटी ले उपाधि आफ्नो नाम गरेको हो।

Team Aithpur Youth Society
Team Aithpur Youth Society

प्रतियोगिता गत अशोज २४ गते आइतवार बाट सुरु भएको थियो भने १२ वटा टिमहरु सहभागी भएको र एउटा टिममा ७ जना खेलाडी रहेको प्रतियोगिताका संयोजक नागेन्द्र उपाध्याय ले मितजी मिडियालाई बताए।

संयोजक उपाध्यायका अनुसार विजेता टिमलाई नगद ३०,००० सहित प्रमाणपत्र र ट्रफी दिइए संगै उपविजेता लाई नगद १५,००० सहित प्रमाणपत्र र ट्रफी दिइएको छ।

३ बजे देखि १० राति बजे सम्म संचालन भएको खेल २०-२० मिनटको दुइ हाफ गरेर ४० मिनटको खेलाइएको टिम खप्तड ए का खेलाडी सुशील खड्काले जानकारी दिए।

प्रतियोगितामा टिम खप्तड ए का अनुराग सिंह जम्मा ४ खेलमा ३१ गोल गर्दै उक्त प्रतियोगिताका ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका छन्।

अशोज २८ गते विहिबार फाइनल खेल संगै एक औपचारिक कार्यक्रम गरेर प्रतियोगिताको समापन भएको हो । कार्यक्रमका प्रमुख अथिति जिल्ला खेलकुद विकास समितिका, कञ्चनपुर अध्यक्ष ओम बस्नेतले यस्ता खालका प्रतियोगिताहरुले खेलाडीहरुलाई प्रोत्सहन मिल्ने बताएका छन्।

ताजा समाचार