चौथो पटक CSK बन्यो आईपीएल बिजेता

IPL: दुबईमा भएको आईपीएल फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउदै आईपीएल २०२१ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ।यो एमएस धोनी र चेन्नई सुपर किंग्सको चौथो पटकको आईपीएल उपाधि हो।

चेन्नई सुपर किंग्स ले कोलकाता नाइट राइडर्सलाई १९३ विशाल लक्ष्य दिएको थियो।

रुतुराज गायकवाडले ‘ओरेन्ज क्याप’ दौडमा पंजाब किंग्सका कप्तान केएल राहुललाई पछाडि पारे र साथी ओपनर फाफ डु प्लेसिसको साथमा CSK लाई बलियो सुरुवात प्रदान गरे । ८ औं ओभर को अन्त्य सम्म CSK ले ६१/० रन बनाएको थियो ।

अन्ततः सुनिल नारायणले ३२ रन बनाएका गायकवाडलाई आउट गरेर KKR लाई पहिलो सफलता दिलाए।

रोबिन उथप्पा को सक्षम समर्थन संगै डु प्लेसिसले अर्धसतक बनाए र CSK लाई १२ ओभर पछि १०४/१ मा पुर्‍यायो। उथप्पालाई सुनिल नारायणले एलबीडब्लु आउट गराउनु अघि दुवैले आफ्नो ५० रनको साझेदारी गरिसकेका थिए ।

डु प्लेसिसले ५९ बलमा ८६ रन बनाए तर ओरेन्ज क्याप भने २ रनले गुमाए। CSK ले २० ओभरमा १९२-३ बनाएको थियो ।

लक्ष्यको पिछा गर्दै सुरुवाती ओभरमा KKR का ओपनरहरुले राम्रो लयमा टिमलाई अगाडी बढाएका थिए। भेन्कटेश अय्यर र शुभमन गिलले कोलकातालाई मात्र ७ ओभरमा ५९ रन बनाएका थिए।

अय्यर चौथो अर्धसतक बनाउन सफल भए तर चाँडै नै उनी शार्दुल ठाकुरको बलमा आउट पुगे। CSK का बलरले एकै ओभरमा नीतीश राणालाई गोल्डन डकमा आउट पारेर फेरि KKR माथि दबाब सिर्जना गरे।

अर्को ओभरमा जोश हेजलवुडले सुनील नारायण (२) को विकेट लिए र दीपक चाहरले ५१ रनबनाएका गिललाई आउट गरे । KKR ५ रन तल थियो जब जडेजाले दिनेश कार्तिकलाई ९ रनमा पवेलियन फर्काए।

अन्ततः केकेआर २० ओभरमा १६५/९ मा सीमित भयो र चेन्नई सुपर किंग्सले आईपीएल-२०२१ को उपाधि आफ्नो नाम गर्यो।

ताजा समाचार