खानेपानी संस्थानका निमित्त प्रमुखलाई नाङ्गेझार बनाएर घुमाए पुरै नगर

जनकपुरधाम । काम नगरेको भन्दै खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई नाङ्गेझार बनाएर नगर घुमाएका छन्।

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीबार लाठी र बाँसको भाटासहित जनकपुरधाम स्थित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर शरीरमा हिलो दली नाङ्गो बनाएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका हुन् ।

जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको र पटक–पटक उक्त समस्या बारे सामाधान गरिदिन भन्दा पनी कुनै सुनवाइ नभएको आक्रोस र खनिएको खाल्डो त्यसै छाडिएको छ।

निर्माण अघि नबढाएको विषयमा उपमहानगरपालिका र खानेपानी तथा ढल निकास कार्यालयले एक अर्कालाई दोष दिने गरेका छन् ।

ताजा समाचार