कञ्चनपुरमा १४ जना जुवाडे पक्राउ

महेन्द्रनगर। कञ्चनपुर प्रहरीले जुवाखालबाट १४ जनालाई पक्राउ गरेको छ। सोमबार राति कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने ४० वर्षीय भिमबहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

बोहरा लगायत १४ जनाबाट नगद ९३ हजार १ सय ८५ र ३ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेका सबैमाथि थप आवश्यक अनुुसन्धान भइरहेको प्रहरीले बताएको छ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज