प्रधानन्यायाधीशले तोके आफूसहित [इजलास]

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहितका ९ वटा इजलास तोकेका छन्। राणाले आफ्नो एकल इजलासमा ६ वटा मुद्दा र अन्य इजलासमा १७१ वटा मुद्दा राखेका छन्।

न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खडका र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६ मुद्दाको पेसी तोकेका छन्।

यसैगरी विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ४ वटा मुद्दाको पेसी तोकिएको छ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज