कञ्चनपुरमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लाको भीमदत्त नगरपालिकाका एक,बेदकोट नगरपालिकाका दुई,शुक्लाफाँटा,पुनर्वास नगरपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भारत बाट नेपाल प्रवेश गरेका ५९ जना र जिल्ला बाहिरका ६ जनामा समेत संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय १० पुगेको छ । यस्तै जिल्लामा हाल सम्म २ सय ५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपाल फर्कनेको संख्या बढेसंगै यहाँपनि कोरोना संक्रमितको संख्यामा वृद्धि भएको जनाइएको छ ।

ताजा समाचार