मन्त्री आलेद्धारा महेन्द्रनगर विमास्थल पुनः निर्माणको शिलान्यास

महेन्द्रनगर । लामो समयदेखि बन्द भएको कञ्चनपुरको महेन्द्रनगर विमानस्थल सञ्चालनमा आउने भएको छ । बुधबार एक कार्यक्रमका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले महेन्द्रनगर विमानस्थलको स्तरोन्नती सम्बन्धि निर्माण कार्यको शिलान्यास गरेका छन् ।

विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, कञ्चनपुरको भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने सम्झौता भएको छ । कार्यक्रममा मन्त्री आलेले तत्काल विमानस्थलको १ हजार ५ सय २५ मिटर रनवे कालोपत्रे लगाएतका कार्य सम्पन्न हुने बताए ।

‘सबैको सहयोगले आज यो विमानस्थलको शिलान्यास भएको छ ।’ मन्त्री आले भने ‘अहिले विमानस्थलको रनवे १५ सय २५ मिटर कालोपत्रे लगाएतका काम हुन्छन् ।’ उनले अगाडी थपे ‘अरु थप काम पनि छिट्टै गरेर चाडो यहाँ विमान उड्छ ।’

त्यस्तै विमानस्थल पहुच मार्ग समेत फोर लेनको बनाउन आफुले सम्बन्धित निकायलाई निर्देशन समेत दिएको उनले बताए । ‘विमानस्थल सम्म आउने यो रोड पनि चार लेनको बनाउन मैले इन्जिनियरलाई डिजाइन गर्न भनिसकेको छु ।’ मन्त्री आलेले भने ‘यहाँबाट काठमाण्डौँ गएर यो रोडका लागि पनि तत्काल बजेटको व्यवस्थापन गर्छु ।’

यस्तै कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले यहाँका पर्यटकिय क्षेत्रको पर्यटन प्रवद्धन तथा विकासका लागि पनि विमानस्थल सञ्चालन गर्न आवश्यक रहेको र छिट्टै विमानस्थल सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

‘माननिय मन्त्री ज्यू काम गर्ने कुरामा विश्वार गर्ने मान्छे हुन् ।’ लेखकले भने ‘त्यसैले यो एयरपोर्टमा छिट्टै विमान उड्छ भन्ने विश्वाश छ ।’ उनले अगाडी थपे ‘जग्गा अभाव तथा अन्य प्राविधिक कारणले हामीलाई समय लाग्यो तर सञ्चालनका लागि निरन्तर प्रयत्न भइरहेका थिए ।’

यस्तै प्रतिनिधि सभा सांसद डा. दिपक प्रकाश भट्टले यो विमानस्थल सञ्चालनका आफु निरन्तर लागिरहेको र सबैको सहयोगले आज शिलान्यास भएको बताए । ‘यो विमानस्थल सञ्चालनका लागि हामी निरन्तर छलफलमा थियौ ।’ उनले भने ‘आज सबैको सहयोगले शिलान्यास भएको छ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग बन तथा वातावरण मन्त्री मान बहादुर धामीले सुदूरपश्चिमको विकाशका लागि संघ र स्थानिय सरकार संग प्रदेश सरकार तथा उद्योग बन तथा वातावरण मन्त्रालय हातेमालो गर्न तयार रहेको बताए । विसं २०२५ सालमा निर्माण गरिएको उक्त विमानस्थल सशस्त्र द्वन्द्वका कारण विसं २०५५ देखि बन्द अवस्थामा रहेको छ ।

विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने वक्ताहरुको जनाएका छन् । कान्छाराम/केएस/उमा एण्ड कम्पनी जेभी काठमाण्डौँ संग ४५ करोड ६६ लाख २४ हजार ७ सय १४ रुपैया ९५ पैसामा ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार वि.सं. २०८१ साल माघ ८ गते सम्म कार्य सम्पन्न गरिसक्नु पर्ने छ ।

ताजा समाचार